द बेस्ट अवार्ड : यी १० खेलाडी परे मनोनयनमा !

एजेन्सी – फिफा द बेस्ट अवार्डको मनोनयन सार्वजनिक हुँदा लिभरपुलका खेलाडीको दबदबा रहेको छ । साविक विजेता रियल म्याड्रिडका लुका मोड्रिचले सेप्टेम्बरमा घोषणा गर्ने नयाँ विजेताका लागि प्रिमियर लिगबाट मात्र ४ खेलाडी रहेका छन् ।

प्रिमियर लिगका ४ मध्ये ३ खेलाडी लिभरपुलका छन् । गत सिजन टोटेनहमलाई हराउँदै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । भर्जील भान डाइक, साडियो माने र मोहम्मद सलाह लिभरपुलबाट र टोटेनहमका कप्तान ह्यारी केन द बेस्टको मनोनयमा परेका छन् ।

सुपर स्टारद्धय युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोना लियोनल मेस्सीसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार कालियन एमबाप्पले पनि द बेस्ट उपाधि दौडमा छन् । आयक्सबाट उच्च प्रदर्शन गरेका युवा खेलाडी फ्रेन्की डी जोङ र म्याथिज डी लिग्ट पनि मनोयनमा छन् । दुई डच स्टारहरुले टोलीलाई च्याम्पियन्स लिग सेमिफाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो सिजन रियल म्याड्रिडमा पुगेका इडेन हाजार्ड पनि १० जनाको मनोनयमा परेका छन् । रियलबाट मनोनयमा पर्ने उनी एक्ला हुन् । रियलले गत सिजन च्याम्पियन्स लिग जित्दा मोड्रिच कप्तान रहेको क्रोएसियाले विश्व कप फाइनल खेलेको थियो । त्यति बेला रोनाल्डो धेरै मतले दोस्रो र लिभरपुलका सलाह तेस्रो भएका थिए ।

फिफा विश्वका उत्कृष्ट वर्ष खेलाडी र फ्रान्स फुटबलको बालोन डी ओरलाई एउटै बनाउँदै ६ वर्ष फिफा बालोन डी ओर दिएको थियो । अहिले फिफाले द बेस्ट भने दुई वर्षअघिबाट दिन सुरु गरेको हो । सन् २०१७ को पहिलो संस्करणमा रोनाल्डोले जितेका थिए ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०२:५५

दिल्लीले लेग स्पिनर थपेपछि सन्दीपलाई ‘तनाव’, पुरै खेल खेल्न पाउने संभावना न्यून