मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु !

सांकेतिक तस्विर

काठमाडौँ – मकवानपुरमा भएको एक सडक दुर्घटनामा परी २ जनाको ज्यान गएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको हो।

हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएको थियो ।

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०३:०३

पाँच दिन देखि हराइरहेका कर्ण बहादुर दुई ढुङगाको बिचमा मृत भेटिए