ओली र प्रचण्ड छुट्टा-छुट्टै देश जानु पछाडीको रहस्य अर्कै…

काठमाडौँ – वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई अध्यक्ष विदेश भ्रमणमा जानु पछाडी छुट्टै रहस्य रहेको बताएका छन्।

एक निजी टेलिभिजनमा बहस गर्ने क्रममा न्यौपानेले भन्नलाई आराम गर्न भनिएता पनि दुई अध्यक्षहरु सत्ता टिकाउने र गिराउने खेलको लागि छुट्टाछुट्टै देश पुग्न लागेको दावी गरेका हुन्।

चीनसँग कुरा गर्न प्रधानमन्त्री सिंगापुर जान लागेको र प्रचण्ड भारतसँग गोप्य सर्त गर्न दुवई गएको उनको दावी छ। नेपालको राज्य चलाउने अधिकार राजनीतिक दल हुँदै बाहिरी शक्तिमा निर्भर भएकै कारण यस्तो हुने गरेको उनको बुझाइ छ।

१७ हजारको ज्यान जाने गरी क्रान्ति गर्ने प्रचण्डलाई महान् लोकतन्त्रवादी बन्न नमिल्ने पनि उनले संकेत गरेका छन्। जनताको ज्यान जाने देखिएपछि राजतन्त्र पछि हटेको उल्लेख गर्दै उनले भने,”जनताको ज्यान जाने देखिएपछि राजाले सत्ता त्यागिदिए। भुटानको जस्तो अवस्था बनाइदिन पनि सक्थे। तर बनाएनन्।”

देशमा संघीय गणतन्त्र आइसकेको १०-१२ बितिसक्दा पनि कुनै राम्रो काम नभएको उल्लेख गर्दै न्यौपानेले देश राम्रो बाटो तर्फ नगएको दावी गरेका छन्।

भ्रष्टाचार, सुशासनमा बेथिति, जथाभावी नागरिकता वितरण जस्ता विषयहरुले अहिलेको शासन व्यवस्था प्रति जनताहरुमा वितृष्णा बढेको उनको बुझाइ छ।

“नेताहरुले भनेबमोजिम यो देश सिंगापुर बनेको भए र जम्मै नेपालीहरुले रोजगारी पाएको भए अहिलेको व्यवस्थाप्रति र नेताहरुप्रति जनताको धारणा नेगेटिभ हुँदैनथियो । तर, यो बीचमा केही पनि राम्रो काम भएका छैनन् ।”,अन्तर्वार्तामा उनले भने।

२००७ साल देखि नै हरेक १० वर्ष आसपासको अन्तरालमा नेपाली जनताहरुले विकल्प खोजिरहेको दृष्टान्त प्रस्तुत पर्दै उनले संविधान सभाले बनाएको सविधानले नै देशलाई विलय गराउने खतरा औँल्याए।

६२-६३ अथवा ४६ साल पछाडी हरेक सरकारले नागरिकता बाँढ्ने कामलाई प्राथमिकतामा राख्ने गरेको भन्दै उनले त्यस तर्फ प्रश्न गरेका छन्।

नाकावन्दीको समयमा राष्ट्रवादी छबि बनाएका केपी शर्मा ओली सरकारले पनि त्यहि गरेको उनले बताए। नेपालको सबै भन्दा ठूलो सार्वभौमसत्ता ‘रअ’ का हाकिमका हातमा रहेको उनको तर्क छ।

नेपालका राजनीतिक पार्टीहरु नेपालमूखी नभई भारत र चीनको प्रभावमा पर्ने गरेको कारण नै ६२-६३ को परिवर्तन पछि मात्र १७ वटा सरकार फेरिएको उनले बताए।

ओली सरकार धरमर अवस्थामा रहेको उल्लेख गर्दै उनले भने,”केपी ओलीको सरकारको आयू ६० प्रतिशत सकिसक्यो,४० प्रतिशत मात्रै बाँकि छ। यसको जरा हल्लिन थालिसके।”

बेलायतमा समेत राजसंस्था फिर्ता आएको उदाहरण पेश गर्दै उनले गणतन्त्र जाने राजसंस्था आउने संकेत पनि गरेका छन्। उनले भने,” नारायणहिटी दरबारमा भएको अधिकार ६२-६३ साल पछाडी हामीले सिमान बाहिर पुर्यायौं।”

प्रकाशित : बिहिबार, साउन १६, २०७६०६:४३

बल खोलामा खसेपछि बल निकाल्न खोलामा पसेका विजय बगे, बेपत्ता !