प्रधानमन्त्रीको कठोर आलोचक र समर्थक दुवै हुँ – नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई

फाइल तस्बिर

काठमाडौँ – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफू प्रधानमन्त्रीको कठोर आलोचक र समर्थक दुवै रहेको हुँदा प्रधानमन्त्रीसँग करार सम्झौता गर्ने बताएका छन्।

मदननगर बल्खुस्थित तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि भट्टराईले काम गर्न नसकेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महुसस हुनु बितिकै राजिनामा दिने बताएका हुन्।

“म प्रधानमन्त्रीको आलोचक पनि हुँ र सबैभन्दा कठोर समर्थक पनि हुँ । अब म प्रधानमन्त्रीसँग करार सम्झौता गर्छु। मेरो सबैभन्दा ठुलो करार सम्झौता यही हुनेछ जुन दिन मैले काम गर्न सकिन र असफल भएँ भन्ने प्रधानामन्त्रीलाई महसुस भएर उहाँले भन्नेबित्तिकै म पछाडि हट्छु।”,उनले भने।

यस्तै पुन : तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गर्दै भट्टराईले मन्त्रालयको कामलाई अधिकारीले पुर्याएको उचाई भन्दा माथि लैजाने पनि विश्वास व्यक्त गरेका छन्।

“पद बहाल गर्ने क्षणमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएको थिएँ, आज पनि सम्झिन्छु। उहाँले मन्त्रालयको कामलाई जुन उचाईमा पुर्याउनु भएको छ, म त्यसलाई अझै उचाईमा लैजाने गरी काम गर्छु।”,उनले भने।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०७:२०

भारतको दिल्लीमा ९ वर्षीया बालिकामाथि दुष्कर्म गरि ज्यान लिएको पुष्टि …