काठमाडौँ : भारतको दिल्लीमा एक नेपाली बालिकाको करणीपछि ह-त्या भएको पुष्टि भएको छ ।
दिल्लीको शकरपुर लक्ष्मीनगर भन्ने स्थानमा बाजुराकी ९ वर्षीया बालिकाको घाँटी थि चेर ज्यान लिइएको हो ।
होस्टेलमा काम गर्दै आएकी बालिकाका परिवारले सँगै काम गर्ने भारतीय नागरिक वसिम अहमद (सोनु)ले आफ्नी छोरिको ज्यान लिएको आरोप लगाएपछि प्रहरीले सोहि अनुसार अनुसन्धान अघि बढाएको र पोष्टमार्टम रिपोर्टबाट सो कुरा पुष्टि भएको बताइएको छ ।
दुष्कर्म गरि घाँटी थिचेको आशंकामा प्रहरीले सोहि होस्टेलमा काम गर्दै आएका सोनुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
भारतीय प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएपछि बालिकाको शव पोष्टमार्टम गरिएकोमा रिपोर्ट आएपछि घटनाबारे सत्यतथ्य बाहिरिएको हो ।