श्रीमतीको दिदीमाथि ज्वाईंले गरेको हर्कत छिमेकीले देखेपछि …

सांकेतिक तस्विर

काठमाडौँ : आफ्नै जेठी सासुलाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सल्यानको कपुरकोट गाउँपालिका-५ रीम घर भएकी ५२ वर्षीया दिदी सासूलाई जबरजस्ती गरेको आरोपमा ज्वाइँ नाता पर्ने २२ वर्षीय युवक पक्राउ परेका हुन् ।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी बोल्न नसक्ने जेठी सासूमाथि दुष्कर्म गरेको गाउँका महिलाले रंगेहात फेला पारि खबर गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार आरोपित युवकलाई बुधबार नियन्त्रणमा लिई पीडितको स्वास्थ्य परीक्षण गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाले दुवैको नाम गोप्य राखिएको छ ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०८:४३

राज्यलाई कर नतिरेको भन्दै विप्लव नेकपाले एनसेलको २२ वटा टावर जलायो …