बिहेको हल्ला भैरहेको बेला मंगलसूत्रर सिन्दुरमा देखिईन् राखी सावंत, दिईन यस्तो जवाफ!

राखी सावंत सोशल मिडियामा निकै  एक्टिव रहन्छिन्।  उनी प्राय फोटो र भिडियो पोस्ट गरिरहन्छिन्।  हालै राखीले  ब्राइडल लुकको  फोटोज शेयर गरेकी थिइन्।  त्यसपछि उनले अहिले मंगलसुत्र र सिन्दुर लगाएको फोटो बाहिर आएको छ। इंस्टाग्राममा शेयर गरिएको  लेटेस्ट भिडियोमा  राखी एक वेबसीरीजको बारेमा पनि कुरा गर्दैथिन्।

राखीको यो भिडियोमा  यूजर्सहरु जमेर कमेन्ट गर्दैछन्। यस्तैमा एक युजर्सले लेखेका छन् , “दिपक कलालको नामको  सिंदूर हो यो।”  अर्को एक युजर्सले कमेन्ट गरेका छन् ,”अरे तिमीसँग कसले बिहे गर्यो? “

यसको साथ एक यूजरले लेखे कि तपाई त क्रिश्चियन हो तर किन सिउँदोमा सिन्दुर लगाउनु भएको छ। कमेन्ट बक्समा धेरै राखीको लुक्समा कमेन्ट आएको छ। हालै खबर आएको थियो कि उनले कुनै एनआरआईसँग  लुकिछिपी बिहे गरिन्।  तर यो खबरलाई खन्डन गर्दै एक फोटोशूट रहेको उनले बताएकी थिइन्। अघिल्लो वर्ष पनि राखीको बिहेको खबर भाइरल भएको थियो। तब उनले  इंडियाज गट ट्यालेन्ट कंटेस्टेंट दिपक कलालसँग बिहेको  हल्ला गरेकी थिइन्।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०९:५०

बलिउडका यी ७ अभिनेत्रीहरु छन आफ्नी आमाको कार्बन कपी, हेर्नुहोस तस्विर!