गाउँपालिका अध्यक्षमाथि दिउँसै गोलि प्रहार …

काठमाडौँ : बिहीबार दिउँसो समाजवादी पार्टीका नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी तत्कालिन नयाँ शक्तिका प्रभावशाली स्थानीय नेता एवं शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले प्रहार गरेको हो ।

उक्त घटनामा सामान्य घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मोटरसाइकलमा आएका दुईजनाको संलग्नता रहेको खुल्न आएपनि पहिचान हुन् नसकेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१०:५५

न्युरोड जाँदा ट्याक्सीमै छुट्यो दुई लाख पचास हजार, चालक आफैं पुगे पैसा फिर्ता गर्न !