समुन्द्रको गहिराईमा भेटियो १२०० वर्ष पुरानो मन्दिर, सिक्का, ज्वेलरी समेत फेला!

इजिप्टको  हेराक्लिओन शहरमा १२०० वर्ष पुरानो मन्दिर भेटिएको छ ।  यसको खोज  इजिप्ट र यूरोपको  पुरातत्वविदहरूले मिलेर गरेको हो।  उनीहरुको अनुसार  करिब हजार वर्ष पहिले मन्दिरको केहि डुंगा डुबेको थियो।  जुनमा  कपरको सिक्का बाहेक ज्वेलरी पनि पाईएको थियो। पानीमा पाईएको पिलर शहरको  मुख्य मन्दिर हो, जुनलाई स्क्यानिंग डिभाइसको मद्दतले खोजिएको थियो।

पुरातत्वविदहरूको अनुसार, मन्दिर उत्तरी भागमा भेटिएको  थियो जुनलाई इजिप्टको  अटलांटिस भनिन्छ । पानीको  गहिराईमा   ग्रीक मन्दिर मिलेको थियो। मन्दिरको  पिलर बाहेक माटोको भाडा पनि पाईएको थियो।  जुन तेस्रो वा चौथो शताब्दीको हो।   डुबेको डुंगामा भेटिएको तामाको  सिक्का  राजा क्लाडियस टालमी द्वितीयको  कार्यकालको हो । जहा कैयौँ भवन पनि भेटिएको थियो जुन निकै टाढासम्म फैलिएको थियो।

यसको खोज गर्ने  टीमलाई  पानीको गहिराईमा कैयौँ  प्राचीन  डुंगा पनि मिलेको थियो ।  क्रोकरी , सिक्का  र ज्वेलरीले भरेको भाडा पाईयो, जुन चौथो  शताब्दीको हो। टीम अनुसार हेराक्लिओनलाई पहिला मन्दिरको शहर भनिन्थ्यो।  सुनामीको  कारण यो  शहर पुरै तछाड मछाड भएको थियो। यसलाई व्यापारको अहम केन्द्र पनि मानिन्छ। जुनलाई अहिले  अबू-किर खाडीको नाममा चिनिन्छ।

 

 

। १२ वर्ष पहिला पनि  आर्कियोलोजिस्ट डा. फ्रेंक गोडियोले  इजिप्टको  तटीय क्षेत्रमा  फ्रेन्च युद्ध जहाज भेटाएका थिए । डा. फ्रेंक गोडियोको अनुसार, करिब ४ वर्षको मेहनतपछि यो सम्भव भएको थियो । यो शहरमा कति मान्छे बस्छ त्यसको नक्सा कोर्न १ वर्ष लागेको थियो। यो शहरमा बसोबास गर्दा पानीको स्तर बढेको विश्वास गरिन्छ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६११:५४

विवाहका यी अजिव ड्रेस देख्दाअचम्म लाग्नेछ ! [तस्विर सहित]