यी बलिउड हस्तीहरुको डिभोर्सपछि पनि कम भएन प्रेम, अहिले पनि एकअर्कालाई दिन्छन् राम्रो साथ

अक्सर पति पत्नीको सम्बन्ध सम्बन्ध बिच्छेद पश्चात सकिने गर्छ। सम्बन्ध बिच्छेद पश्चात यिनीहरु न त एक अर्कासंग कुरा गर्न रुचाउछन् न त साथी बन्न नै।  तर बलिउडका केहि यस्ता कलाकारहरु जसले यस कुरालाई निरर्थक साबित गरिदिएका छन।  यी जोडीले एक आर्कालाई डिभोर्स दिए पनि हालसम्म एक असल साथीको रुपमा रहेका छन। यति मात्र नभई यी जोडीहरु एक अर्काको सुख दुखको हिस्सा समेत हुने गरेका छन।  यसै सन्दर्भमा आज हामी बलिउडका यस्ता ३ हस्तीहरुको बारेमा कुरा गर्न जादै छौं जो डिभोर्स भए पनि एक अर्काका असल साथीका रुपमा रहेका छन।

सुजैन खान / ऋतिक रोशन

सुजैन खान र ऋतिक रोशनबिचको सम्बन्ध सधै चर्चामा रहने गर्छ। १४ वर्षसम्म एकसाथ बसेका यी जोडीले अन्तत विविध कारणबश एक अर्कालाई डिभोर्स दिएका थिए तथापी डिभोर्सपछि पनि यी दुईबीच असल साथीको नाता रहेको छ।  यी दुई आफ्ना बच्चाका साथमा होलिडे , पार्टी , मुभी डेट , लन्च डिनर एकसाथ जाने गर्छन।

पूजा भट्ट / मनीष मखीजा

पूजा भट्ट र मनीष मखीजाले ने साल२००३ मा बिवाह गरेका हुन्। यी दुईले २०१४ मा बिवाह गरेको ११ बर्ष डिभोर्स गरेका हुन्।  तर पनि यी दुई आजसम्म पनि एकअर्काको दुख सुखमा हमेशा साथमा रहने गर्छन।

अनुराग कश्यप / कल्कि कोचलिन

निर्देशक अनुराग कश्यप र कल्कि कोचलिनले २०११ मा विवाह गरेका हुन्। करिब ५ बर्ष एकसाथ रहेका यी दम्पतीले २०१५ मा सम्बन्ध बिच्छेद गरेका हुन्। तर डिभोर्स भए पछि पनि अनुराग र कल्की प्राय एकसाथ देखिने गरेका छ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६११:४९

छोरीको घरजम राम्रो नभएपछि छोरी पाल्न बाध्य भए यी ४ बलिउड कलाकार !