जनयुद्धमा सेनाबाट भागेर माओवादीमा लागेका शक्ति गुरुङलाई १० वर्ष जेल सजाय हुने !

फाइल तस्बिर

काठमाडौँ : तत्कालिन माओवादीले संचालन गरेको १० वर्षीय जनयुद्धकाल मा नेपाली सेनाबाट भागेका एक सैनिकलाई १० वर्ष जेल सजायको फैसला सुनाइएको छ ।

नेपाली सेनाबाट भागेर तत्कालिन ‘जनमुक्ति सेना’ मा प्रवेश गरेका गोरखा आरुघाट–९ स्थायी घर भएका शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले १३ वर्षपछि १० वर्ष जेल सजाय सुनाएको हो ।

गत २०६३ साउन ३० गते सैनिकको हतियारसहित माओवादीमा प्रवेश गरेका गुरुङलाई भविष्यमा कुनैपनि सरकारी जागिरमा योग्य नहुने गरि गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो ।

यद्यपि उनले पुनरावेदन दिन सक्ने प्रावधान रहेको एक उच्चा सैनिक अधिकृतले बताए ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१२:०७

आमाले आफ्नै घरमा खेलिरहेका १ वर्षीय छोरा एकैछिनमा डुबेको देखेपछि …