फरक गुणका धनि हुन्छन् यी ५ राशि हुनेहरु, हरेक कार्य नयाँ तरिकाबाट गर्ने राख्छन् क्षमता !

केहि मान्छे यस्तो हुन्छन् जो केहि न केहि नयाँ काम गर्छन र यसैमा खुशी महसूस गर्छन। यस्ता मान्छेहरु सधैजसो ब्यस्त र हतारमा हुन्छन । संधै केहि नयाँ अनुभव लिने सपनाहरु पूरा गर्ने ,नयाँ ठाँउ मा जनाको लागि आतुर रहने मान्छेमा उसको राशि को पनि प्रभाव हुन्छ।

ज्योतिष शास्त्र अनुसार कुनै मान्छे यस्तो स्वोभाबको हुन्छ भने त्यसमा उसको राशि को प्रभावले गर्दा हुन सक्छ । आज हामी तपाईंलाई यो राशिको बारेमा बताउनेछौँ जसको कारण मान्छेहरु यस्तो स्वोभाबका हुनेछन् ।

जो मान्छे सधै हतारमा देखिन्छ त्यो मान्छे प्राय गहिरो चिन्तनमा डुब्ने गर्दछ । यी मान्छेहरु धेरै रचनात्मक र फरक सोच राख्ने गर्छन । यस्ता स्वोभाबका मान्छेहरूलाई थाहा हुन्छ कि जिन्दगीमा कुन कुरा को अभाब छ र तेस्का लागि क गर्दा ठिक हुन्छ । यस्ता मान्छेहरुहरुलाई केहि न केहि नयाँ कुराको खोज गरि आफ्नो जीवनमा केहि परिवर्तन ल्याउन साह्रै मज्जा आउने गर्छ । तपाईहरु अब जन्नुहोस कि कुन राशीका मान्छेहरु हुन्छन यस्ता :

कुम्भ 
कुम्भ राशिका मान्छेहरु हरेक समय केही नयाँ काम गरेर परिवर्तन गराउने काममा इच्‍छा राख्छन् । यस्ता विचारका मानिसहरु कुनै नियममा नबसी आफ्नै सुरमा कामहरु गर्न तल्लिन हुन्छन । परिवर्तनदेखि नै यिनीहरुलाई सबैभन्दा फाइदा हुने गर्छ । यदि यो परिवर्तन अनुरुप अगाडी अगाडी बढ्न नसकेमा गतिहीन पनि हुनसक्छ र यिनीहरुको सृजनात्मक कार्यमा पनि अबरोध हुनसक्छ ।

सिंह

यस राशिका मान्छेहरु आफ्नो जीवनमा आइपर्ने साना-साना चीजहरु देखि पनि खुशी रहने गर्छन । यिनीहरुको लक्ष्य भने ठुलो हुने गर्दछ । यिनीहरुको जीवनमा उत्साह र चाहना उच्च हुने गर्छ । सकेसम्म उनीहरु जीवनमा ठुलो परिवर्तन ल्याएर देखाउन चाहन्छन् । नयाँ कुराहरुको खोजि र केही नयाँ काममा उनीहरु धेरैनै रुची राख्ने गर्छन र आफ्नो जीवनमा परिवर्तन ल्याउनका लागि केही न केही काम गरिराख्ने स्वोभाबका हुन्छन ।

मिथुन 

मिथुन राशिका मान्छेहरु धेरै चिन्तन गर्ने स्वोभाबका हुन्छन । यिनीहरु आफ्नो जीवनको बारेमा बढी सोच्ने गर्छन । यी मानिसहरु कुनै काम अधुरा भएपनि अर्को कामलाई सुरुवात गर्ने गर्छन । उनीहरु जीवन जिउनका निम्ति जस्तोसुकै काम गर्न पनि तयार रहन्छन् । यो राशिका मान्छेहरुले जीवनमा धेरै कुराको अनुभब बटुल्न सक्ने भएकाले नयाँ कुराको खोज गर्नमा बढी रुच्नी राख्ने गर्छन ।

धनु

यस राशिका मान्छेहरु धेरैजसो अरु नयाँ मान्छेहरु भेटेर सम्बन्ध राख्न रुची देखाऊछन् । विविन्न ओहोदाका नयाँ- नयाँ मान्छेहरु भेटेर केही भिन्न कुराको जानकारी लिने इच्‍छा यिनीहरुमा हुने गर्छ । केही नयाँ मान्छेहरुको साथ मा घुम्दै , रमाइलो गर्दै ;केहि नया कुरा सिक्न खोज्ने उनीहरुको बानी हुन्छ । यिनीहरुमा नयाँ र नियमित दुवै को बीच सन्तुलन मिलाएर राख्ने गुण हुन्छ।

मेष

यी राशिका मान्छेहरुमा एकैसाथ आत्तिने र रोमान्टिक बन्ने गुण हुन्छ । यिनीहरु लाई नयाँ अनुभव बटुल्न र चुनौतिहरु को सामना गर्न रुचि हुन्छ । उनीहरु जस्तोसुकै परिस्थितिमा पनि दैनिक एक समय रोमान्टिक मोडमा देखिने गर्छन । उनीहरु देश वा विदेशका विविन्न शहरको बारेमा जान्न चाहन्छन् र उनीहरु आफ्ना अगाडी भएका हरेक चिजलाई सकारात्मक रुपमा सोच्ने गर्छन ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१२:१७

झुठ बोल्न माहिर हुन्छन् यी राशि हुनेहरु !