पछिल्लो समयमा मोटोपनको समस्याबाट अधिकाश मानिसहरु पिडित भएका छन् । मोटोपनाको समस्यालाई समाधान गर्ने भन्दै बजारमा मोटोपना घटाउने विभिन्न खाले टिप्सको साथमा औषधी पनि धमाधन बिक्रि भइरहेको छ। मोटोपनाको कारणले शरीरमा अनेक किसिमको रोगहरुले घर बनाई मधुमेह, उच्च रक्तचाप, मुटुको रोग लगायत अन्य रोग समेत सिर्जना गराउँछ । मोटोपनाले मानिसलाई नराम्रो मात्र देखाउने होइन । शरीर भारी भएर काम गर्नमा निकैअसहज वातावरण सिर्जना गराइदिन्छ ।
माटोपनको समस्या समधानको लागी धेरैले कठोर परिश्रम, खानपानमा कटौटी, जिम जाने, व्यायम गर्ने जस्ता उपाय अपनाएका छन् । विशेषगरी धेरैले सकेसम्म सजिलो उपाय रोज्ने गर्दछन् । धेरैले मैले डाइट गरेको पेटभरी केहि खाएको छैन्, व्यायम पनि दैनिक गरेको तर पनि मेरो मोटोपनाको समस्या समधान भएन भन्ने गुनासो राख्ने गर्दछन् । यस्तो गर्दा गर्दै पनि जस्ताको त्यस्तै माटोपनै कायम रहने हुदा अंधिकाश मानिसहरु निराश र चिन्तामा परेका हुन् ।
भखरै गरिएको एक अनुसन्धानको आधारमा डाइटिङ् गर्दा गर्दै पनि मोटोपना कायम रहने वा थपिन सक्ने कुरा पत्ता लागेको छ । मोटोपना यति गर्दा गर्दै पनि नघट्नुको मेन कारण भनेको पेट वा आन्द्रा भित्र रहने जिवाणु भएको पत्ता लागेको हो । पेटमा भएको उक्त जीवाणुले पेटमा पुग्ने खानामध्ये नपचेको खाना जीवाणुलेनै खाइदिन्छ । यस्तो खाना जीवाणुले खाएपछि क्यालोरी उत्पादन गरी मोटोपनालाई घटाउन दिएको हुदैन् । समग्रमा खानपान कटौटी गरेपनि मोटोपना कायम राख्ने काम पेटमै भएको जिवाणुले गरेको हुन्छ ।
जीवाणु
मानिसको पेट भित्र अनेक किसिमको किटाणु र अन्य सुक्ष्म जीवाणुहरु रहेका हुन्छन् । जुन अबौँ वा खबौँ संख्यामा हन्छन् । यस्ता जीवाणुले पेटमा घर बनाएर बस्ने कारण वैज्ञानिकहरुले डाइटिङ् राम्रो वा नराम्रो हुनुमा जीवाणुको कारण हुने बताएका हुन् । वैज्ञानिकहरुले यसलाई माइक्रोबायोम नाम दिएका छन् ।
क्यालोरी
ब्याक्टेरियाको कारणले पेटमा बढि क्यालोरी हुन्छ । ब्याक्टेरियाले जब हाम्रो शरीरमा नपच्ने खानेकुरा खान थाल्छ, तब शरीरमा बढी क्यालोरी प्राप्त हुनथाल्छ, यसकारणले हाम्रो शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुनथाल्दछ र मोटोपनाको समस्या नियन्त्रण हुदैन् ।
ब्रिटिश रिसर्चर लुईस ब्रंकवालले मोटो व्यक्तिको पेटको किटाणुलाई सफा गरेपछि नयाँ तथ्य बाहिर आएको थियो । मोटोपना समस्या नघटेको व्यक्तिमा चार किसिमको ब्याक्टेरिया भेटिएको थियो , जुन मोटोपनालाई बढाइदिने इन्जाइमयुक्त थियो । यी चार ब्याक्टेरियाको कारण टाइप २ मधुमेह पैदा गर्ने केमिकल उत्पादन भई ब्याक्नटेरिया अक्सर मासु आने मान्छेको पेटमा धेरै देखिएको थियो । ब्रकवालका अनुसार ‘धेरै प्रोटिनयुक्त खाना अर्थात मासु माछा खाने व्यक्तिमा रोगको पनि खतरा बढि रहन्छ । शरीरको तौल र यसको पेटभित्र क्राइस्टेनसेनेलेसी किटाणु हुन्छ । यस्तो किटाणु विश्वका करिब ९७ प्रतिशत मानिसको पेटमा पाइएको हो । यसका रिसर्चमा सामेल जिलियन वाटर्सका अनुसार यस किटाणुको उत्पाति फाइदा वा नोक्सानमाथि रिसर्च हुदै गरेको बताइएको छ । वैज्ञानिकहरु किटाणुको आधारमा मोटोपना घट्ने र नघट्ने विषयमा जानकारी दिन सकिने बताएका हुन् ।