काठमाडौँ : मोरङको कटहरी गाउँपालिका-४ बस्ने मोटा खिस्कुको १ बर्षिय छोराको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
बिहिबार अपरान्ह सवा ४ बजेको समयमा आफ्नै घरमा खेल्ने क्रममा नजिकै जमिरहेको पानीको खाल्डोमा डुबीरहेको अवस्थामा निजकै आमाले फेला पार्नासाथ तत्काल उपचारको लागी कोशी अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान बईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।