काठमाडौँ । कागती खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । कागतीले खानेकुरालाई स्वादिलो बनाउनुको साथै शरिरलाई चाहिने एन्टी सेप्टिक र एन्टिव्याक्टेरियल सामाग्री उपलब्ध गराउँछ ।
आफ्नो ओछ्यानको छेउमा कागतीको टुक्रा राखेर सुत्दा शारिरिक तथा मानसिक रुपमा फाइदा हुन्छ । रातभरि आफ्नो काठामा कागती राख्दा रुघा र स्वासप्रश्वासको समस्या समेत निको हुन्छ । कागतीको टुक्रामा सकारात्मक दिने तत्व भएकाले यसले मानिसको जीवनमा परिवर्तन ल्याउँछ ।
तनाव र डिप्रेशनमा रहेको छ भने यसले स्ट्रेसको स्तरलाई घटाउँदै जीवनलाई सहज बनाउँछ । कागतीको रुखहरुले मानिसहरुलाई आराम दिलाउँछ । आप्नो घर सफा राख्नको लागि कागतीको सुगन्ध भएको स्प्रे प्रयोग गर्न सकिन्छ । कागतीले छालासम्बन्धी थुप्रै समस्यालाई निको पार्छ ।
कागतीले नङ सेतो बनाउने र सासलाई स्वच्छ राख्छ । कागतीको प्रयोग गरे गोलालाई मुलायम बनाउन सकिन्छ । कागतीको प्रयोगले बाथ, अपच, गठिया जस्ता समस्याको समाधान गर्छ ।