बलिउड अभिनेत्री दीया मिर्जाले टुङ्ग्याइन् ११ वर्षको सम्बन्ध, पतिसँग गरिन् डिभोर्स !

एजेन्सी- बलिउड अभिनेत्री दीया मिर्जा पति साहिल संघासँग कानुनी रुपमा छुटिएकि छन।

दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय पछि यी दुई कानुनी रुपमा छुटिएका हुन्। आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई कानुनी रुपमा टुङ्ग्याएको बारे सामाजिक संजाल मार्फत जानकारी गराएकी छन्।

सामाजिक संजाल मार्फत मिर्जाले अहिले सम्म साथ दिएकोमा साहिललाई धन्यवाद पनि दिएकी छन्। इन्स्टाग्राममा गरेको पोस्ट अनुसार यी दुईले सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन्।

कानुनी रुपमा छुट्टिएको भएता पनि सँधै साथी बनेर एक-अर्कालाई साथ दिने र एकअर्कालाई उत्तिकै सम्मान र इज्ज दिने पनि उनले इन्स्टाग्राम मार्फत जानकारी गराएकी छन्।

यस्तै उनले पोष्ट मार्फत साथीभाइ, परिवार र संचार माध्यमलाई समेत धन्यवाद दिएकी छन्। सम्बन्ध विच्छेद बारे अब खासै नबोल्ने पनि उनले जानकारी गराएकी छन्।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०३:३९

भारी वर्षाका कारण बाजुरामा पहिरो, दुईको मृत्यु, पाँच घाइते !