सरकारभन्दा पार्टी ठूलो हो, दुई तिहाइको दम्भ देखाए पार्टी दुर्घटनामा पर्छ – झलनाथ खनाल

काठमाडौँ – नेपाल कम्यनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक समृद्धिको दिशामा अघि बढेको बताएका छन् ।

बिहिबार इलामस्थित माई नगरपालिकामा नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै उनले सरकारले समुन्नत विकासमा ध्यान दिएकाले अब मुलुकमा विकासको लहर अघि बढेको दावी गरेका हुन् ।

मुलुक समृद्ध हुनका लागि भौतिक पूर्वाधार र सामाजिक विकासलाई एकैसाथ अघि बढाउन वर्तमान सरकारलाई नेता खनालले आग्रहसमेत गरेक छन् ।
“सरकारले सबै पक्षलाई समेटेर काम गर्नुपर्छ”, उनले थपे, “सबै पक्षलाई समेटे मात्र मुलुकमा दिगो विकास हुन्छ ।”

नेता खनालले सरकारले दुई तिहाइको दम्भ र घमण्ड नदेखाइ काम गर्नुपर्ने पनि बताएका छन् । “सरकारभन्दा पार्टी ठूलो हो, दुई तिहाइको दम्भ देखाए पार्टी दुर्घटना हुन सक्छ”, उनले भने ।

नेपाली काङ्ग्रेस र समाजवादीबाट प्रवेश गरेका ३० जनाभन्दा बढी कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन् । खनालले नवप्रवेशीलाई स्वागत गर्दै पार्टीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम चाँडै शुरु गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं १ प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा, राम राना, काजीमान कागतेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०५:१७

भ्रष्टाचारको आरोप लागेपछि भागेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतबाट पक्राउ