३५०० फिट माथि हुँदा विमानबाट हाम फालिन् युवती, अनुसन्धानमा खुल्यो आश्चर्यजनक कारण !

एजेन्सी- क्याम्ब्रिज यूनिवर्सिटीको एक छात्राले उडिरहेको विमानबाट हाम फालेर आफ्नो जीवनको अन्त्य गरेकी छन्।

१९ वर्षीय एलाना ३५०० फिट माथि हुँदा उडिरहेको विमानबाट हाम फालेकी हुन्। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार एलाना कटल्याण्ड मेडागास्करको रिसर्च यात्राको क्रममा थिइन्।

एलाना क्याम्ब्रिज यूनिवर्सिटी (क्याम्ब्रिज विश्वविद्यालय) मा बायोलोगजिकल नैचुरल साइन्सेसको दोस्रो वर्षमा अध्ययनरत रहेको र रिसर्चबाट फर्किंदै गर्दा विमानबाट हाम फलेको बताइएको छ।

घटना बारे अनुसन्धान गरिरहेका अधिकारीहरुले बताए अनुसार एलाना आफै हाम फालेकी थिइन्। विश्वविद्यालयको रिसर्च ट्रिपमा फेला भएको हुँदा उनी विमानबाट हाम फालेको हुन सक्ने अनुमान अनुसन्धान अधिकारीहरुको छ।

अनुसन्धानको क्रममा एलानालाई अहिले सम्म पाँच पटक पैनासोनिक ( पागलपन )ले हमला गरेको देखिएको अनुसन्धानकर्ताहरुको दावी छ।

विमानबाट हामफाल्नु अगाडी एलानाले विमानमा भएका अन्य यात्रुहरुसँग झगडा समेत गरेको र ब्रिटिश टूरिस्टहरुले उनलाई विमानबाट हाम फाल्न कयौं पटक रोक्न प्रयास समेत गरेको बताइएको छ।

एलानाको शव अहिले सम्म फेला नपरेको र फेला पर्ने सम्भावना पनि कम रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। एलाना खसेको क्षेत्र धेरै नै दुर्गम जंगल रहेको हुँदा भेटिने संभवाना अत्याधिक कम हुने स्थानीय प्रशासनको दावी छ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०६:०९

बेपत्ता बालिकाको प्लास्टिकको झोला भित्र टाउको नभएको शव फेला, टाउको खोज्दै प्रहरी !