सविताले जनकपुरमा जन्माइन् दुई टाउको भएको बच्चा, तर डेढ घण्टामै रित्तियो काख !

काठमाडौँ – धनुषामा एक महिलाले दुई टाउको भएको शिशु जन्माएकी छन्। धनुषा जनकपुरधामस्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा एक महिलाले दुई टाउको भएको शिशुलाई जन्म दिएकी हुन्।

सिरहाको कर्जन्हा नगरपालिकाको बल्टिया घर भएकी २५ वर्षीया सविता वैद्यले दुई टोउँको भएको शिशुलाई जन्म दिएको अस्पताल श्रोतले जनाएको छ।

अस्पतालका अनुसार पेट दुखेको कारण अस्पताल भर्ना गरिएकी ६ महिने गर्भवती रहेकी सविताको शल्यक्रिया गरी शिशुलाई बाहिर निकालिएको हो।

शल्यक्रिया गरी बाहिर निकालिएको करिब डेढ घण्टामै शिशुको मृत्यू भएको बताइएको छ। समय नै नपुगी जन्मिएको हुँदा शिशु बच्न नसकेको डाक्टरहरुले बताएका छन्।

बुहिबार बेलुका साढे ५ बजे आसपासको समयमा शिशुलाई बाहिर निकालिएको र लगभग ७ बजे आसपासको समयमा शिशुको मृत्यु भएको थियो।
शल्यक्रियामा संलग्न डाक्टरहरुका अनुसार शिशुको घाँटी भन्दा तलको भाग एउटै भएको कारण पनि बचाउन असम्भव भएको हो।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०६:४८

चालकले काठमाडौँ  महानगरको गाडी उडाएपछि …