सफ्टवेयर इन्जिनियरिंगको काम गर्थिन् तापसी पन्नू, अचानक कसरी भईन् अभिनेत्री?

तापसी पन्नूले आफ्नो स्कूलको पढाई दिल्लीको एक पब्लिक स्कूलबाट गरिन् । ८ वर्षको उमेरमा नै उनलाई नृत्यको शोक थियो त्यसैले उनले कथक र भरतनाट्यम सिक्न सुरु गरिन्। करिब ८ वर्षसम्म उनले डान्सको ट्रेनिंग लिएकी छन्।  बलिउड इंडस्ट्रीको चर्चित र ट्यालेन्ट अभिनेत्री तापसी पन्नूको  जन्म १ अगस्ट १९८७ मा दिल्लीमा भएको थियो। अभिनेत्री एक सिख परिवारमा सम्बन्धित छिन्। उनको बुबाको नाम दिलमोहन सिंह हो जो बिजनेसम्यान हुन्। तापसीकी आमा  निर्मलजीत पन्नू एक हाउसवाइफ हुन् ।

पढाईको साथसाथै  तापसीलाई  स्पोर्ट्स र  सांस्कृतिक गतिविधिमा निकै रुची थियो ।  तापसीले कहिले पनि सोचेकी थिइनन् कि उनले जीवनमा अभिनय गर्नेछिन्। अभिनेत्रीले आफ्नो पढाई गुरु तेग बहादुर इंस्टीट्यूट अफ टेक्नोलोजीबाट कम्प्यूटर साइन्समा इन्जिनियरिंगको पढाई सकाईन्।

इन्जिनियरिंगपछि उनको मन एमबीए गर्ने थियो तर आफुले भनेको जस्तो कलेज नपाएपछि उनले सफ्टवेयरको काम गर्न सुरु गरेकी थिइन्। तापसीले करिब ६ महिनासम्म त्यहाँ काम गरिन्। काम गर्ने क्रममा उनको रुची मोड्लिंगमा गयो।   उनले ‘Get Gorgeous Pageant’ मा  आवेदन भरिन र यसमा उनी सेलेक्ट भईन्।

मोडलिंग पछि उनलाई साउथ फिल्म इंडस्ट्रीबाट अफर आउन लाग्यो।  उनले अभिनेता धनुषसँग  तमिल फिल्म आडूकलामबाट  डेब्यू  गरिन्।  यो फिल्म  सुपरहिट भयो र कुल ६  नेशनल अवार्ड्स फिल्मले पायो।

तापसीले २०१३ मा बलिउडमा फिल्म चश्मेबद्दूरबाट डेब्यू गरिन्।  फिल्मले बक्स अफिसमा केहि कमाल देखाएन तर तापसीलाई सबैले नोटिस गरे । तर उनलाई वास्तविक पहिचान निर्देशक शूजित सरकारको फिल्म  पिंकबाट मिल्यो। यो फिल्म पछि  उनी रातारात हिट भईन्।  तापसीको  मुख्य फिल्ममा   बेबी, नाम शबाना, जुडवा २  , सूरमा, द गाजी अट्याक , पिंक, मनमर्जियां, बदला र  मुल्क जस्ता नाम  पर्छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०७:१४

२७९ फिटको उचाईमा यसरी भयो ‘साहो’ को गित शुटिंग…