भारतको झारखण्डको टाटानगर रेलवे स्टेशनको एक प्लेटफर्मबाट केहि व्यक्तिहरुले बालिकालाई उठाएर कतै लगी क र णी गरेर टाउको काटी ज्यान लिएका हुन्।
रेल पुलिसले स्टेशनमा राखिएको सिसिटिभी फुटेजको आधारमा सोमबार राती रिंकू साहू, कैलाश कुमार नामका दुई व्यक्तिलाई पक्राउ गरेको थियो। उनीहरुकै बयानको आधारमा बालिका शव फेला परेको बताइएको छ।
पहिला छुट्टा छुट्टै कहानी बताएर प्रहरीलाई झुक्काएको भएता पनि पछि दुवैले अपराध कबुल गरेर रिंकूले बालिका फालिएको स्थान बताएका थिए। सोहि आधारमा प्रहरीले टाउको नभएको बालिकालाई फेला पारेको हो।
अहिले प्रहरी टाउको खोज्ने काममा जुटेको स्थानीय प्रशासनले जनाएको छ।