दुई युवकको शव भेटियो, १ को पहिचान खुल्न सकेन !

सांकेतिक तस्विर

महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार ह त्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धा रिलो ह तियार प्रयोग गरी ह त्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।

नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा ह तियार प्रयोग गरिएकाले पहिचान खुल्न सकेको छैन ।

त्यस्तै बिहीबार नै जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातु खोलाको किनारमा स्थानीय रामदत साहका छोरा २१ वर्षीय सरोज साहको ह  त्या गरिएको अवस्थामा शव फेला परेको छ ।

युवक साहको पनि नाक, अनुहारलगायतका भागबाट रगत बगेको र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पु¥याइएको छ भने दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०९:११

काठमाडौँमा चोरी गर्दै सामान डेरामा थुपार्ने मुन्ना कपुरधाराबाट पक्राउ !