प्रचण्डका सेक्सन कमाण्डरलाई १० वर्ष जेल , बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया …

काठमाडौँ : समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालमा हतियारसहित भागेका सैनिक जवान विक्रमबहादुर गुरुङलाई १० वर्ष जेल चलानको सजाय सुनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

२०६३ साउन ३० मा हतियार र गोलिगठ्ठासहित भागेर माओवादीमा लागेका कालिबहादुर गणका सिपाही गुरुङलाई १० वर्ष जेल सजाय र गोली गठ्ठाबापतको १ सय ८० अमेरिकी डलर असुल उपर गर्न सैनिक अदालतले आदेश समाचार बाहिरिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनयुद्धका मुद्दाहरूलाई नियमित अदालतद्वारा दण्डित गर्नु शान्तिसम्झौता र गणतन्त्रको मर्म विपरित हुने बताएका हुन्।

तत्कालिन माओवादीका उपाध्यक्ष भट्टराईले बिहिबार सामाजिक संजालमार्फत द्वन्दका घाउ कोट्याउनुको अलावा तिनलाई मलहम लगाउन सुझाव दिएका हुन्।

उनले आफ्नो ट्वीटर एकाउन्टमा प्रतिक्रिया दिँदै लेखेका छन् ; “राजतन्त्रात्मक राज्यसत्ताका विरूद्ध घोषित राजनीतिक विद्रोह वा जनयुद्धका मुद्दाहरूलाई नियमित अदालतद्वारा दण्डित गर्नु शान्तिसम्झौता र गणतन्त्रको मर्म विपरित हो! यसले प्रतिशोध र घातप्रतिघातको शृंखला मात्र बढाउँछ!द्वन्दका घाउ कोट्याउने हैन तिनमा मलहम लगाउन सम्बन्धित सबैले ध्यान दिऊँ!”

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१०:११

कक्षा १२ को पूरक परिक्षाको तालिका सार्वजनिक … [सूचना सहित]