विभिन्न बहाना बनाएर ट्रिपरसँग पैसा असुल्ने काभ्रेका ५ जना ट्राफिक पक्राउ …

काठमाडौँ : ट्रिपरका चालकसँग घुस लिएको आरोपमा ५ जना ट्राफिक प्रहरी पक्राउ परेका छन्।

मेलम्चीबाट बालुवा बोकेर राजधानी भित्रिने टिपरबाट घुस लिने गरेको सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ५ जना ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिएको हो।

सिन्धुपाल्चोक देखि काभ्रे हुँदै बालुवा बोकेर काठमाडौँतर्फ आउने ट्रिपरका चालकसँग विभिन्न बहानामा पैसा माग गरेको भन्ने उजूरीका आधारमा अनुसन्धान गर्ने क्रममा हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे र बनेपा ट्राफिक पोष्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धरलाई पक्राउ गरिएको आयोगले जनाएको छ।

ट्रिपरका चालकसँग २/२ हजार रुपैयाँ लिँदै गर्दा पक्राउ परेका सबै ट्राफिकमाथि थप अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६११:०२

नवनितुक्त पर्यटनमन्त्री भट्टराईको सफलतासँग जोडिएका चुनौती