काठमाडौँ, घाँसको राजा मानिने बाँसलाई शास्त्रले नै घाँस प्रजातिमा गाबेको छ । बाँसको घाँस स्वास्थ्यको लागि निकै राम्रो रहेको बताइन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । तामालाई अचार र सब्जीको रुपमा पनि प्रयोग गर्दै आएका छौँ । सब्जीको रुपमा प्रयोग गर्ने बाँसहरु थुप्रै प्रकारको रहेका छन् । तर ती मध्ये पनि साना प्रजातिको बाँसको तामा खानको लागि अत्याधिक फाइदाजनक रहको छ ।
वास्तवमा बाँसको चया बाट विभिन्न सामाग्रीहरु निर्माण गर्ने गरिन्छ । तामालाई स्वास्थ्यबर्दक र गुणकारी सब्जीको रुपमा लिइन्छ । बाँसमा भिटामीन बि, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन, र फोलेटहरु पाइन्छ । त्यस्तै क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फस्फोरस, पोटासियम, कपर, म्यागानिज र आइरन लगायतका खनिज तत्व बाँसको तामामा पाइन्छ । हेरौँ केके हुन् तामा खानुको फाइदाहरु :
१.तामामा प्रोटिनको मात्रा बढी भएको कारण शरिरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
२.तामाको सब्जी खानाले पाचन प्रक्रियालाई बढाउँछ ।
३.फोक्सो सम्बन्धी समस्या र रुघाखोकीलाई तामाको सब्जीले नियन्त्रण गर्छ ।
४.तामामा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुने भएकाले मधुमेहको रोगीहरुको लागि तामा निकै लाभदायिक हुन्छ ।
५.उच्च रक्तचाप भएका व्यक्तिहरुको लागि पनि तामाको सब्जी खानु फाइदाजनक रहेको छ।
६.पेटको दुखाइ अल्सरको साथै आन्द्राको घाउहरु समेत तामाले निको पार्छ ।
७.तामामा क्यालोरी नहुने हुँदा उर्जा दहनको अतिरिक्त परिश्रम वा कसरत केही गर्न आवश्यक पछ ।
८.यसमा कोलेस्ट्रोल नियन्त्रण गर्न सक्ने क्षमता भएको कारण मुटु रोगीको लाग मैत्रीपूर्ण खाद्यय बन्छ ।
९. तामामा सुगर पनि कम हुने गर्छ । यसले कोलेस्ट्रोलको एलडिए स्तर लिपिड्स र बाउल फक्शन कम गर्छ ।
१०.तामामा रहेको फाइटोस्टेरोल्स जस्तै क्लोरोफिल, एमिलेजर फ्लोभिनहरुले क्यान्सरको विकासलाई नष्ट गर्छ ।
११.तामाले पिसाब सम्बन्धी थुप्रै समस्यालाई निको पार्छ ।
१२.तामामा प्रोटिनको मात्रा बढी हुने भएकाले स्वास प्रस्वास सम्बन्धी समस्यालाई कम गर्छ ।
१३.झाडा पखला लाग्नु, पेटमा ग्यास बढी हुने पेट फुल्ने, जस्ता समस्यालाई तामाको झोल बनाएर खाएमा अन्य औषधीको भन्दा छिटो काम गर्छ ।
१४.तामाले तौल घटाउनमा पनि ठूलो भूमिका खेल्छ ।