काठमाडौ । एपेन्डिसाइटिस भनेको एक युवाहरुमा हुने घातक समस्या हो । यो विशेष गरी १० देखि ३० वर्ष उमेर समूहको मानिसहरुमा लाग्ने समस्या हो । यो सामान्यतया ठूलो आन्द्राको पुछारमा हुन्छ , जुन हातको औला जस्तो देखिने चार इञ्च लामो हुन्छ । जसले अवरोध पैदा गरी त्यतिबेलाबाट एपेन्डिक्स हुन सुरु गर्छ ।
यदि एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टा भित्रमा शल्यक्रिया गरी ननिकाले यसले मानिसहरुको ज्यानै पनि जान्छ । केही अनुसन्धानका अनुसार यो महिलाहरुमा भन्दा बढी पुरुषहरुमा देखिएको जनाइएको छ । यसका लागी हामीले खानेकुरामा विशेष गरी ध्यान दिर्नुपर्ने सल्लाह दिएका छन् । त्यसोभए तपाईहरु एपेन्डिक्स भएको कसरी थाहा पाउने भनेर सोचिरहनु भएको होला । यदि यो रोग लागेमा यस्ता समस्याहरु देखा पर्दछन् । हेरौ
-पहिलो लक्षण हो पेटको दाया भागमा धेरै दुख्ने हुन्छ । यदि यस्तो प्राय मानिसहरु हिडदा वा खोक्दा गाह्रो हुने भएकाले देखा पर्दछ । जुन हाम्रो शरिरको नाइटो भन्दा मुनिको भागमा हुन्छ ।
-त्यसैगरी दोस्रो लक्षण हो , यदि तपाईको शरिरमा एपेन्डिक्स भएको छ भने तपाईलाइ भोक नलाग्ने र वाकवाकी लाग्ने हुन्छ । त्यसका साथै कब्जियत समस्या पनि देखा पर्ने हुन्छ ।
-तेस्रो लक्षण भनेका ज्वरो आउनु पनि हो ।यदि जन हप्किन्स मेडिसिनका अनुसार एपेन्डिक्स भएको ४२ घण्टा देखि ७२ घण्टा भित्रमा फुट्छ । यदि यो भन्दा माथि भएर काम ज्वरो आउन लाग्यो भने चिकित्सकहरुमा जानुपर्छ ।नभए फुट्ने समस्या हुन्छ ।