विवाह पछि चम्किन्छ यस राशि हुनेहरुको भाग्य, मिल्छ सुखै-सुख !

आजभोलि हरेक युवा युवतीहरु कम उमेरमा विहेको कुरा सुन्नासाथ टाढा हुने गर्छन । उनीहरु २० देखि २५ वर्षको उमेरमा समेत आफनो बाल्यकाल नसकिएको महशुस गर्छन। धेरै पढेर राम्रो जागिर वा व्यापार भएपछि मात्र विहे गर्ने सोचका कारण पनि उनीहरु विहेको प्रस्ताव अस्वकार गर्ने गर्छन। कोही व्यक्ति विवाह पश्चात खुशी र सुखी रहन सक्छन भने केहिको निराश हुने स्थिति समेत आउने गर्छ।

कुनै मानिस विवाह पछि आफ्नो जिम्मेवारी बहन गरेर सामान्य रुपमा जीवनयापन गर्न सक्छन भने कोहि यी कुराहरुमा असफल हुन सक्ने भएकाले जीवनमा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। आज हामी तपाई एक राशीका व्यक्तिहरुको बारेमा बताउन जाँदै छौँ जसले छिट्टै विहे गरेमा भाग्य चम्किने गर्छ।

ज्योतिष शास्त्रका अनुसार कर्कट राशी भएका व्यक्तिहरुले छिट्टै विहे गरेमा उनीहरुको भविष्य उज्ज्वल हुने र जीवन सहज रुपमा चल्ने गर्छ। यो राशिका मानिस प्रेममा उत्साहित, भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । उनीहरु हरेक परिस्थितीमा आफुलाई तेही अनुरुप लैजान सक्दछन, यिनीहरूको जीवनशैली ऐश्वर्यपूर्ण हुने गर्दछ, यस्ता व्यक्ति अत्यन्त धैर्यवान हुने र उनीहरु जस्तोसुकै परिस्थितिलाई पनि सामना गरेर अगाडी बढ्न सक्छन।

कर्कट राशी भएका व्यक्तिहरुको विवाहको कुरा घरपरिवारकै सदस्यहरुबाट रोकिने गरेको भएपनि यो कुरा यिनीहरुलाई मनपर्दैन। यस राशीको मानिसको भाग्योदय विवाहपछि नै हुने भएकाले उनीहरु विवाह पश्चात निकै खुशी र सुखी रहन सक्छन। यो राशीका व्यक्तिहरुको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउने गर्छ। यो राशीका व्यक्तिहरु निकै परिश्रमी र इमान्दार हुने भाग्यले समेत साथ दिने हुँदा विवाह पश्चात सोचे अनुसार सम्पूर्ण कार्य पूर्ण हुँदै जानेछ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:२२

हरेकको नजरमा पर्छन् यी तीन राशि हुने युवतीहरु !