भोलि साउन १८ गते शनिवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको १८ गते शनिवार इश्वी संवत २०१९ अगस्ट ०३ तारिख , काठमाडौंमा सूर्योदय– ५:२८  बजे, सूर्यास्त– १८:५०   बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

अफ्ठ्यारा परिस्थितिहरुको सामना गर्नु परे पनि प्रयत्न गरेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  सन्तान सुख  छैन।  सकेसम्म भोलिको दिन यात्राको तय नगर्दा नै राम्रो हुनेछ।  गोपनियता भंग हुन सक्छ सजक रहनु होला।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

टाढिएका आफन्तजनसंग भेट हुने सम्भावना रहेको छ। परिवारका साथमा स्वादिष्ट भोजनको आनन्द लिने समय रहेको छ।  सुखद तथा रमणीय यात्रा हुने छ।  आत्मविश्वास र दृढ मनोबलका साथमा काम गर्नाले हरेक क्षेत्रमा सफलता मिल्ने छ।  पढाई लेखाईको क्षेत्र अनुकुल रहेको छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

आश देखाउनेहरुले धोका दिन सक्लान सजक रहनु होला।  बाध्यात्मक कार्यमा जुट्ने सम्भावना रहेको छ।  स्वास्थ्यमा समस्या देखिनेछ।  भाई बन्धुको सम्बन्धमा सुमधुरता छाउने छ। छोटो दुरीको यात्रा हुनेछ। भाग्योदय भएर जानेछ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

कामको सन्दर्भमा शक्तिशाली तथा ठुला व्यक्तिहरुसंग प्रतिष्पर्धा हुनेछ।  बुद्धिको उपयोगले धेरैलाई आफ्नो वशमा राख्न सकिने छ।  मनमा नकारात्मक भावना पैदा हुन् नदिनुहोला।  बिद्यार्थीवर्गका लागि समय खासै अनुकुल रहेको छैन।  अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

बिगतको सफलताले थप काम गर्ने हौसला बढेर जानेछ। पिताको तर्फबाट बिशेष लाभ मिल्ने देखिन्छ।  सामाजिक मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  पेट तथा टाउको दुखाई सम्बन्धी समस्याले सताउने छ।  अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ। परिवार तथा आफन्तजनका साथमा झैँ झमेलाको अवस्था सिर्जना हुनेछ। अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ।  धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

आस मरेको काम बन्नाले उत्साह बढेर जानेछ।  पारिवारिक जीवनमा खुसियाली छाउने छ।  नोकरीमा पदोन्नतीको योग रहेको छ।  सुखद यात्राको सम्भावना रहेको छ।  व्यापार व्यवसायमा लाभ हुने देखिन्छ। वैवाहिक जीवन सुखमय रहेको छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

शुभ चिन्तकहरुको सुझावलाई बेवास्ता गर्नाले दुख पाइने छ।  समाजमा मान सम्मान बढेर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ। उच्च अधिकारीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।  सन्तान सुख मिल्नेछ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

भबिस्यका लागि आर्थिक योजना बनाउने सम्भावना रहेको छ। स्वास्थ्य सामान्य रहेको छ।  प्रतिष्पर्धामा सकेसम्म सहभागी नहुदा नै राम्रो हुनेछ। सन्तान सुख मिल्नेछैन।  अनावश्यक थकान र मानसिक तनाव बढेर जानेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

मनग्य रुपमा आर्थिक लाभ हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ।  अचानक खर्च बढेर जानेछ। व्यापार व्यवसायमा लाभ हुने छ।  क्रोधलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुपर्ने छ। उत्तम भोजनको अवसर मिल्नेछ।  मनोरन्जनात्मक कार्यको पछाडी समय व्यतित हुनेछ।  उत्तम भोजनको अवसर मिल्नेछ।  सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठा प्राप्त हुने समय रहेको छ।  दृढ आत्मविश्वासका साथमा काम गर्नाले कार्यमा सफलता पाइने छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

चुनौतीहरुलाई पन्छाउदा रोकिएका कामहरु समयमा नै सम्पादन भएर जानेछ। शत्रु परास्त भएर छ।  अपेक्षा गरे अनुसार हरेक कार्यमा सफलता मिल्नेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।  सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। घरायसी वातावरण सुखमय रहने छ।  धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१४:१५

आज साउन १८ गते शनिवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !