प्रेममा प्राय धोका पाउँछन् यी राशि हुनेहरु, कतै तपाई त पर्नु भएन ?

जब तपाई कुनै व्यक्तिसँग प्रेममा पर्नुहुन्छ, उसको हरेक क्रियाकालाप तपाईलाई राम्रो लाग्नु स्वाभाविक कुरा हो। तपाईलाई आफ्नो प्रेमीको हरेक कुराहरु राम्रो लाग्ने गर्छ। आज भोली बिवाह अगाबै युवा युवती बीच प्रेम सम्बन्ध रहने गर्छ। यस्ता केही सम्बन्धहरु बिहेमा परिणत हुन गर्छन भने केही छोटो समयमानै अलग हुने गरेको पाईन सकिन्छ।

हरेक पुरुषले आफ्नो जीवनसाथी सुन्दर होस् भन्ने चाहना राख्छन् र उनीहरु रुपको धनिसँगै सफा मन भएका युवतीहरुको साथमा जीवन बिताउने उदेश्यले प्रेम सम्बन्धमा रहने गर्छन। तर, यो सौभाग्य कसैलाई जुर्छ, कसैलाई जुर्दैन। तर केही यस्ता व्यक्तिहरु पनि भेट्टीने गर्छन जो एकोहोरो मायामा पागल बनेका हुन्छन। आज हामी तपाईहरुलाई ५ राशीका व्यक्तिहरुको बारेमा बताउन जाँदै छौँ जो एकतर्फी मायामा पागल हुने गर्छन।

मेष राशि: यस राशीका व्यक्तिहरु आफूले प्रेम गरेका व्यक्तिहरुको निकै ख्याल राख्ने गर्छन। उनीहरु अन्य व्यक्तिलाई सजिलै विश्वास गर्ने भएकाले मायामा धोका पाउन सक्छन। विशेष गरि यस राशीका युवतीहरु कुनै प्रकारको भावना नदेखाउने भएकाले पनि पुरुषहरु टाढा हुन बाध्य हुने गर्छन।

मिथुन राशी : मिथुन राशीका व्यक्तिहरु धेरै आकर्षित हुने गर्छन। उनीहरु जति सुन्दर हुन्छन त्यहाँ भन्दा बढी अन्य व्यक्तिलाई विश्वास गर्ने गर्छन। यसको प्रतिफल उनीहरु धोका पाउने गर्छन।

कर्कट राशी : प्रेममा हरेक कुराहरु समर्पित गर्नसक्ने यस राशीका व्यक्तिहरु निकै सुन्दर र उदार भावनाका हुने गर्छन। यी राशीका व्यक्तिहरु आफ्ना प्रेमीलाई सम्पूर्ण कुराहरु खोल्ने वा अधिक विश्वास गर्ने गर्छ। तर यसको फाईदा लिने व्यक्तिहरुले प्रेममा धोका दिन सक्ने भएकाले यिनीहरु एकोहोरो प्रेममा पागल हुने गरेका छन्।

कन्या राशी : कन्या राशिका व्यक्तिहरु धेरै जिद्दी र रिसालु स्वभावका हुने गरेको भएपनि आफ्नो पार्टनरको भने राम्रो हेरचाह गर्ने गर्छन। तर पुरुषहरुले यी राशीका व्यक्तिहरु प्रेम सम्बन्धमा भने सधैं धोका पाउने गर्छन।

मीन राशी : यस राशीका व्यक्तिहरु अन्य मानिसप्रति छिटै आकर्षित हुने गर्छन। उनीहरु जो कोहिलाई सजिलै विश्वास गर्ने गर्छन। आफूले इच्छाएको व्यक्तिसँगको प्रेममा सफल हुन् नसकेपछि यस राशीका व्यक्तिहरु एकोहोरो प्रेममा पागल हुन्छन।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:३८

बुधले गर्यो राशि परिवर्तन: यी ९ राशि हुनेहरुलाई हुनेछ सबैभन्दा धेरै फाईदा!