सुन काण्ड : सर्वोच्चको फैसला गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य ह त्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालतमा आएपछि सो फैसला भएको हो । सुन काण्डका आरोपीलाई जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि उच्च अदालत विराटनगरले पनि धरौटीमा छोड्न अस्वीकार गरेको थियो ।

सुन काण्डका आरोपीहरु सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डङ्गोल र बालकृष्ण श्रेष्ठसहित २८ जनालाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:४३

प्रधानमन्त्री सहित ८८४ जना सांसदको सामुहिक श्राद्ध गरेपछि …