बलिउडको यी ५ फिल्म जुन एकदमै कम बजेटमा बनेर पनि बक्स अफिसमा भएको थियो सुपरहिट!

बजेटबाट  फिल्म इंडस्ट्रीमा पनि निकै आशा  हुन्छ । आज बजेटको मौकामा केहि यस्तो फिल्मको बारेमा बताउछौ  जुन कम बजेटमा बन्यो र बक्स अफिसमा हिट भयो। यी फिल्मले साबित गर्यो कि फिल्म बजेटमा  हैन कहानीमा भर पर्छ।

स्त्री
राजकुमार राव र श्रद्धा कपूरको  फिल्म ‘स्त्री’ ले ठुलो  पर्दामा धमाका मच्चायो।  स्त्री फिल्मको कुल बजेट २३-२४ करोड थियो तर फिल्मले बक्स अफिसमा १८० करोड भन्दा धेरै कमायो । यो हरर कमेडी फिल्मलाई अमर कौशिकले निर्देशन गरेका थिए। फिल्ममा  अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जी पनि  मुख्य भूमिकामा थिए।

बधाई हो
अभिनेता आयुष्मान खुरानाको फिल्म ‘बधाई हो’ ले बक्स अफिसमा दर्शकको दिल जित्न सफल भएको थियो। यो फिल्मको कुल बजेट २९ करोड थियो भने फिल्मले २२१  करोड भन्दा धेरै पैसा कमाएको थियो। फिल्म ‘बधाई हो’ लाई अमर शर्माले निर्देशन  गरेका थिए। यो फिल्ममा आयुष्मान खुराना बाहेक सान्या मल्होत्रा, गजराज राव र नीना गुप्ता जस्ता कलाकार मुख्य भूमिकामा थिए।

अंधाधुन
आयुष्मान खुराना र राधिका आप्टेको अभिनय रहेको यो फिल्मको  कुल बजेट ३२ करोड थियो।  जबकी यो फिल्मले वर्ल्ड वाइड ४४१ करोड कमाएको थियो र  चीनमा यो फिल्मलाई निकै मनपराईएको थियो।  चीनमा मात्रै ३३५ करोड कमाएको थियो। अंधाधुन श्रीराम राघवनले निर्देशन गरेका थिए।  फिल्ममा तब्बु पनि मुख्य भूमिकामा थिइन् ।

राजी
बलिउडको  ‘क्यूट गर्ल’ आलिया भट्टको फिल्म ‘राजी’ को कुल बजट ४० करोड थियो।  फिल्मले  सिनेमाघरमा २०७ करोड कमाएको थियो।  फिल्ममा आलियाले डिटेक्टिवको भूमिका निभाएकी थिइन्। फिल्ममा  आलिया भट्ट बाहेक विक्की कौशल, रजित कपूर, जयदीप अहलावत, अमृता खानविलकर र सोनी राजदान पनि मुख्य भूमिकामा थिए।

तुम्बाड
सोहम शाहले फिल्म ‘तुम्बाड’ को डरलाग्दो  कहानीलाई  अलग शैलीमा दर्शकलाई  पेश गरे।  यो फिल्मको बजेट  ५ करोड थियो र फिल्मको कुल कमाई १३ करोड थियो। यो फिल्मलाई दर्शकले निकै मन पराएको थियो।  फिल्मलाई   राही अनिलले निर्देशन  गरेका थिए। अभिनेता सोहम शाहको  अभिनयलाई मानिसले तारिफ गरेको थियो।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:५२

अरिजीतको १ वर्षमै भएको थियो पहिलो श्रीमतीसँग डिभोर्स, छोराको आमासँग गरे गुपचुप दोस्रो बिहे…