प्रहरीलाई ठूलो सफलता : गुण्डानाइके मनोज पुनका सहयोगीको पक्राउ !

बुटवल – रुपन्देहीका तत्कालीन युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीलगायतको ह त्यामा संलग्न ओमप्रकाश दंगोरिया थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी मुठभेडका क्रममा ज्यान गुमाएका मनोज पुनका सहयोगीको रुपमा विभिन्न आपराधिक घटनामा संलग्न थारुले जिल्लाका उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने र आ तङ्कित बनाउँदै आएका थिए ।

पुनसहित उनका सहयोगी सोम आले प्रहरीसँगको मुठभेडमा २०७४ फागुन ९ गते मारिएका थिए । थारुले २०७४ माघ ९ गते रुपन्देहीको देवदहका तिवारीका साथी वसन्त पौडेलको ह त्या गरेका थिए । त्यसपछि उनले व्यापारीको ह त्या गर्ने र फिरौती असुल्ने काम गर्दै आएका थिए ।

पुनको ह त्यापश्चात् भारतीय सीमा बजारमा बसेर रकम असुली गर्दै आएका थारुलाई प्रहरीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। उनले गत वर्ष चैत १२ गते तिलोत्तमा नगरपालिका–३ केरुवानीका रमेश चौधरीसँग आफूसँग रहेको १७ तोला सुन राखेर रु १२ लाख रकम मागेका थिए । रमेशले रु १० लाख आठ हजार पाँच सय मात्र रहेको र उक्त सुन ल्याएर पैसा लैजान भनेपछि रुपन्देही सम्मरीमाई गाउँपालिका–३ थुमुहवास्थित आफन्तको घरमा थारुले पैसासहित बोलाएका थिए ।

सुन किन्न पैसासहित रमेश उनका साथीलाई लिएर चैत १७ गते उक्त ठाउँमा पुग्दा चार÷पाँच मोटरसाइकलमा ओमप्रकाशसहित राजेश गुप्तालगायतका सात÷आठ जनाले घेरा हालेर धाकधम्की, हात-हतियार देखाइ जबरजस्ती रकम र मोटरसाइकलको कागजात, मोबाइलसमेत लुटेर सीमावर्ती भारततर्फ भागेको भन्ने पीडितको उजूरीका आधारमा प्रहरीले उनीहरुको खोजबिन तीव्र पारेको भण्डारीले जानकारी दिए ।

पक्राउ परेका थारुले २०६५ असार ९ गते शरदमान श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाइ रकम असुलीको प्रयास गरेको उनले बताए । थारुलाई हाल डाका मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०२:५८

जनप्रतिनिधिको सवारीसाधन मोह : जनतालाई सेवा भन्दा सवारीसाधन पहिलो प्राथमिकतामा