आलिया भट्टको यस साधारण ह्याण्डब्यागको मूल्य सुनेर उड्न सक्छ होश !

एजेन्सी – छोटो समयमै बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल आलिया भट्ट पछिल्लो पुस्ताको सबै भन्दा सफल र रुचाइएकी नायिकामा पर्छिन्।

अभिनय मात्र नभई आलिया आफ्नो फरक स्टाइल र शैलीको कारण पनि चर्चामा हुने गर्छिन्। आलिया चर्चित भएका कारण उनी बारे विभिन्न गसिप र हल्लाहरुले मिडियामा ठाउँ पाउने गरेका छन्।

प्राय मिडिया लाइमलाइटमा भैरहने आलिया हालसालै एयरपोर्टमा देखा परेकी थिइन्। त्यहाँ पनि उनी केहि भारतीय मिडियाको क्यामरामा कैद भइन्।

कैद भएको तस्विरमा उनी स्पोर्टी शैलीमा देखिन्छन्। एयरपोर्टमा देखा पर्दा आलियाको ड्रेस भन्दा पनि उनले बोकेको ब्याग बारे भारतीय मिडियाहरुमा चर्चा शुरु भएको छ।

एयरपोर्टमा देखा पर्दा आलियाले बोकेको ब्यागको मूल्य लगभग डेढ लाख भारतीय रुपैंया पर्न आउने भारतीय मिडियाहरुको लख छ। भारतीय मिडियाहरुका अनुसार उनले बोकेको मस्टर्ड ह्यान्डब्याग Anya Hindmarch नाम गरेको लग्जरी डिजाइनर ब्राण्डको हो।

कामको कुरा गर्नुपर्दा, आलिया अहिले चलचित्र ‘ब्रह्मास्त्र’को शूटिंगमा व्यस्त छिन्। यस चलचित्रमा आलियाका प्रेमी भनेर चर्चा गरिने रणबीर कपूर पनि देखिँदै छन्।

प्रकाशित : शनिबार, साउन १८, २०७६०६:५८

परिवार भेट्न हिडेकी यी किशोरीले ३७०० फिट माथि उडेको जहाजबाट हाम फालेपछि…