मिर्गौला प्रत्यारोपण पछिको नियमित स्वास्थ्य परीक्षणको लागि ओली सिङ्गापुर जाँदै !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाने भएका छन् । आज राति प्रधानमन्त्री सिङ्गापुर जान लागेको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराउनेछन् । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन्। यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड पुगेका थिए ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जाने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०७:४९

सय सडक बालबालिकालाई निःशुल्क शिक्षा