तनाव कम गर्न बनाईयो यस्तो ब्वाइफ्रेन्ड, अंगालो हाल्ने बितिक्कै म्यूजिक बज्ने…

जापानको भिडियो गेम कम्पनी लेवल-५ ले बताए कि ओतोमे युशासँग मिलेर एक नयाँ ब्वायफ्रेन्ड तयार गरेका छौ। केटी र महिला यसलाई अंगालो मारेर तनावलाई टाढा गर्न सक्छन्। केटीहरुले यसलाई जहाँ लान चाहन्छन्, त्यहाँ लान सक्छन्।  जस्तै रेस्ट्रो , थिएटर  वा शपिंग सेन्टर ।  यस  प्रोडक्टको  नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ हो।

दुई ठुलाठुला पाखुरा भएको यो  प्रोडक्टको  सेतो रङको एक तकिया रहेको छ। जुनमा कम्पनीले एक नयाँ  गेम हीरो अफ मेडन्सको मेन क्यारेक्टरको  स्केच बनाएको  छ। तपाईलाई अझ धेरै कम्फर्टटेबल बनाउन पाखुरामा ब्लूटुथ स्पीकर्स पनि लगाईएको छ जुनमा  म्यूजिक बज्छ।

यो ब्वाइफ्रेन्डलाई पाउन त्यति सजिलो छैन, किनकी ओतोमे युशाले यो एक  सेट मात्र बनाएकी छन् र त्यो पनि सेलको लागि हैन। यधपी कुनै पनि लक्की विनरले यसलाई जित्न सक्छ।  ओतोमे युशा कम्पनीले यसको लागि एक  प्रतिस्पर्धा सुरु गरेको छ,  जसको विनरको घोषणा ९ अगस्टमा हुन्छ।

कम्पनीको एक अधिकारीले बताए  ब्वाइफ्रेन्ड हग स्पीकर निकै कमालको रहेको छ । तर धेरै  मान्छेको अनुसार यसको प्रयोग मात्र महिलाले गर्छन्। तर केटाहरु सोच्छन केटीको आवाजमा यस्तै स्पीकर्स होस्, जसले एक्लोपन महसूस गरोस्  र कसैको जरुरत पर्दा त्यसलाई अंगालो लगाओस्।

प्रकाशित : शनिबार, साउन १८, २०७६०८:१९

आफ्नो पार्टनरसँग टाँसिएर सुत्नु निकै फाइदाजनक ! जान्नुहोस् यी ३ फाइदा ….