प्रहरीको नाममा विप्लवको जनअदालतको ‘पक्राउ पुर्जी’

फाइल तस्बिर

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको ‘जनअदालत’ ले एक प्रहरीविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको छ।

विप्लव नेकपाको ‘जनअदालत’ले राष्ट्रिय अनुसन्धान विभागका एक असईको नाममा ‘पक्राउ पुर्जी’ जारी गरेको हो। कैलाली जनअदालतका प्रमुख विकासले राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरको नाममा पक्राउ पुर्जी जारी गरेका हुन्।

जारी पुर्जीमा कुँवरलाई २५ दिनभित्र उपस्थित हुन भनिएको छ। जानकारी हुन आए अनुसार पक्राउ पुर्जी कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसेको पाइएको छ।

“कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।”, २५ दिने अल्टिमेटम दिँदै पुर्जीमा भनिएको छ,”बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला।”

पुर्जीसँगै कुँवरको घर वरिपरी टाँसिएको’चेतावनी पत्र’ मार्फत ‘जनअदालत’ उपस्थित नभएमा जुनसुकै कारबाही हुन सक्ने पनि चेतवानी दिइएको छ।

 

प्रकाशित : शनिबार, साउन १८, २०७६०८:४१

“सार्वजनिक जग्गा कब्जा गर्ने सबै अपराधि हुन्, जुनसुकै पार्टीको भए पनि कारवाही हुनुपर्छ”