ज्योतिषमा ग्रहको परिवर्तन निकै महत्त्व हुन्छ । ३ अगस्टमा बुधले आफ्नो राशी परिवर्तन गरेर कर्क राशिमा आएको छ। बुध ग्रहको यो राशि परिवर्तन बिहान ५ बजेर ५९ मिनेटमा भएको हो । ज्योतिषमा बुध ग्रहलाई विद्या र बुद्धिको कारक मानिएको छ। बुधको राशि परिवर्तनले सबै १२ राशीमा परिवर्तन आउन सक्छ। जान्नुहोस् कुन राशिलाई फाइदा र कुनलाई बेफाइदा हुन्छ:
मेष
मेष राशि हुनेको लागि बुधको राशि परिवर्तन चौथो घरमा भएको छ। यो राशिको मानिसको लागि बुधको राशि परिवर्तन राम्रो हुनेछ। घर र नयाँ गाडी किन्ने मानिसको लागि यो समय निकै राम्रो रहनेछ।
वृष
बुधको यो राशि परिवर्तन तपाइको राशि तेस्रो स्थानमा रहेको छ। यो तपाईको लागि भाग्यमा उन्नतिको सूचक हो । लाभको मौका मिल्नेछ। कैयौँ यस्तो यात्राको योग छ जसले तपाईलाई उन्नति दिन्छ । रोकिएको काम पुरा हुन्छ। स्वास्थ्यको मामलामा सावधानी रहनुहोस।
मिथुन
बुधको यो राशि आफ्नै स्थानमा रहेको छ। धन प्राप्तिको योग रहेको छ । नयाँ योजनामा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यधपी धनको खर्च गर्ने प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।
कर्क
बुध तपाईको राशिमा परेको छ । मतलब तपाईको राशीमा यो प्रथम भावमा रहेको छ । आयको साधन बढ्नेछ। विधार्थीको लागि सकारात्मक परिवर्तन ल्याउनेछ। परिवारको सदस्यको सहयोग पहिलाको भन्दा धेरै हुनेछ।
सिंह
३ अगस्टमा बुधको यो परिवर्तन तपाईको राशि १२ औँ स्थानमा रहेको छ। यो परिवर्तनले तपाईको खर्च धेरै हुनेछ। केहि कामलाई लिएर तपाईको मनमा भ्रम रहनेछ। केहि पुरानो सम्पति बिक्रीले तपाईलाई लाभ हुनेछ।
कन्या
बुधको यो राशि परिवर्तन आफ्नै राशीमा भएको छ। यो परिवर्तन कन्या राशिको लागि मिल्दो-जुल्दो रहेको छ। सफलता मिल्ने सम्भावना पहिलेभन्दा धेरै हुनेछ। कार्यमा धेरै मेहनत गर्नाले सकारात्मक परिणाम मिल्न थाल्छ। धार्मिक कार्यमा रुचि पनि हुनसक्छ।
तुला
बुधको राशि परिवर्तन तपाईको राशिमा १० औँ स्थानमा रहेको छ। मान-सम्मान बढ्नेछ। पुरानो बनाइएको योजनाले फाइदा मिल्नेछ। आर्थिक स्थितिमा पहिलेभन्दा निकै सुधार हुनेछ । कुनै नयाँ व्यवसाय वा नयाँ कामको अवसर मिल्नेछ। तर यसलाई पाउनको लागि तपाईले कर्म गर्नुपर्छ । किनकी तुला राशीको लागि बुधको यो राशि परिवर्तन कर्म क्षेत्रमा हुनेछ।
वृश्चिक
बुधको तपाईको राशिमा परिवर्तन भाग्य स्थानमा भएकोले तपाईलाई भाग्यको भरपुर साथ मिल्नेछ। बुध तपाईको राशीमा नौ औँ भएको छ । धन प्राप्तिको साधन बढ्नेछ र कारोबारको लागि यसले विशेष फल दिनेछ। परिवारमा सुख र शान्ति रहनेछ।
धनु
बुधको परिवर्तन तपाईको राशीमा आठौँ भावमा भएको छ। धन हानिको सम्भावना छ । स्वास्थ्यमा गिरावट देख्न सकिन्छ। छिटो निर्णय लिनुबाट बच्नुहोस। यो तपाईको लागि हितकार हुन सक्दैन।
मकर
बुधको परिवर्तन तपाईको राशिमा सातौँ स्थानमा रहेको छ। बुध तपाईको राशिमा सातौँ स्थानमा आउनु भाग्यको पक्ष मजबूत गर्ने रहनेछ। नया कार्य आरम्भ गर्नमा तपाई लाभ प्राप्तिको आशा गर्न सक्नुहुन्छ। जग्गामा लगानी गर्दा फाइदा हुनसक्छ।
कुम्भ
तपाईको राशिको लागि बुधको परिवर्तन छैठौँ भावमा रहेको छ। तपाईको समस्या बढ्न सक्छ। पैसा र समयको नोक्सान हुनसक्छ। धैर्यले काम लिनु पर्नेछ। आफ्नो आवाजलाई नियन्त्रणमा राख्नुहोस।
मिन
मीन राशीको लागि बुधको परिवर्तन राम्रो संकेत हो। यो तपाईको राशिमा पाचौँ भावमा रहनेछ। नयाँ काममा सफलता मिल्ने सम्भावना निकै रहेको छ।