कुलमानको कमाल : त्रिशुली थ्री ‘ए’ पूर्ण रुपमा सम्पन्न, ६० मेगावाट राष्ट्रिय प्रणालीमा जोडियो !

काठमाडौँ – माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजना अन्तर्गतको दोस्रो युनिटले पनि विद्युत् उत्पादन शुरु गरेको छ।

विद्युत् उत्पादन हुन शुरु भएसँगै दोस्रो युनिट पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ। ७२ घण्टाको परीक्षण सम्पन्न भएसँगै दोस्रो युनिटबाट राष्ट्रिय प्रणालीमा ३० मेगावाट जोडिएको हो।

पहिलो युनिट पहिला नै राष्ट्रिय प्रणालीमा जोडिसकिएको छ। बैशाखको अन्तिम हप्ता मै निर्माण सम्पन्न भएको पहिलो युनिटबाट उत्पादन हुने ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।

दोस्रो युनिट पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । अन यस आयोजनाबाट कुल मेगावाट मेगावाट विद्युत् उत्पादन हुनेछ।

आयोजना सम्पन्न भएसँगै माथिल्लो त्रिशुली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडिने ११ वर्षपछि ठूलो जलविद्युत परियोजना बन्न पुगेको छ। यस भन्दा अगाडी २०६५ सालमा ठूलो आयोजना मानिएको मध्यमस्याङ्दी प्रसारण लाइनमा जोडिएको थियो।

प्रकाशित : शनिबार, साउन १८, २०७६११:२३

हनि हन्टिङमा कडाइ : भीर मह काड्दा कर तिरेर गाउँपालिकाको अनुमति लिनु पर्ने !