एकपटक मरेर बाचेका थिए अमिताभ बच्चन, ३७ वर्षपछि लेखे यस्तो पोस्ट…

३७ वर्ष पहिले अमिताभ बच्चन २६ जुलाई १९८२ मा बैंगलोरमा  कुलीको  सेटमा घाइते भएका थिए। त्यहाँदेखि अहिलेसम्म अमिताभ दोस्रो जन्मदिन सेलिब्रेट गर्छन्। अभिषेक बच्चनले पनि बिगबीको ब्रीच क्यान्डी हस्पिटलमा श्वेता र आफुसँग भएको फोटो शेयर गरेर बर्थ डे विश गरेका छन्।

अभिषेक लेख्छन्, ‘ ३७ वर्ष पहिला  ब्रीच क्यान्डी हस्पिटलमा मेरो बुबा कुलीको  सेटमा  भएको दुर्घटनापछि   रिकभर गरिरहनु भएको थियो। आज २ अगस्ट हो र आज उहाँको दोस्रो जन्मदिन हो। जन्मदिनको  शुभकामना बुबा,  महान मान्छे दूई पटक जन्मन्छन्।’

घटनापछि ३ दिन परिश्रम गरेपछि जब चौथो दिन अमिताभ कोमामा गएका थिए तब डाक्टरले उनलाई मुम्बईमा शिफ्ट गरे। २ अगस्ट १९८२ , मुम्बईको ब्रीच क्यान्डी हस्पिटल। अमिताभ लगभग मृ त्युको मुखमा पुगेका थिए। बैंगलोररबाट मुम्बईमा आउने क्रममा अमिताभको  पेटमा लगाएको टाका  फुकेपछि झन् उनको अवस्था खराब भएको थियो। ब्रीच क्यान्डी अस्पतालमा  डाक्टरले दोस्रो पटक अप्रेशन गरेर करिब ८ घण्टापछि उनले दोस्रो जीवन पाएका थिए।

ट्विटरमा हरेक वर्ष झैँ अमिताभले यो पटक पनि दुई अगस्टमा एक  ट्वीट गरे।  बिग बीले लेखे – ‘धेरै मान्छे छन्, जसले यो दिन माया र  सम्मानको साथ  प्रार्थना गरेर याद गरे।  म केवल यो भन्न सक्छु कि म धन्य छु ।  यो त्यो माया हो जसले हरेक दिन मलाई अगाडी लान्छ। यो एक यस्तो  ऋण हो जुन मैले कहिले पनि तिर्न सक्दिन। ‘

प्रकाशित : शनिबार, साउन १८, २०७६१२:४२

बलिउडमा छिट्टै तहल्का मच्चाउदै यी चर्चित १० स्टार किड्स, छन् निकै हट!