शुक्रबार देखि रक्सीमा लठ्ठ थिए मकर तामाङ, शनिबार रक्सी सोचेर मछिनोको तेल पिउँदा मृत्यु !

सांकेतिक तस्बिर

काठमाडौँ – झुक्किएर मछिनोको तेल खाँदा ओखलढुंगामा एक जनाको मृत्यु भएको छ।

रक्सी सोचेर मछिनोको तेल पिउँदा ओखलढुंगा मोलुङ गाउँपालिका-७ पात्लेमा शनिबार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय मकर तामाङ रहेका छन्।

शुक्रबार राति देखि नै मदिराको मातमा रहेका तामाङले शनिबार बिहान रक्सी सोचेर मछिनोको तेल पिएको र गम्भीर घाइते भएपछि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

मोलुङ गाउँपालिका-७का वडा अध्यक्ष हेमबहादुर सुनुवारका अनुसार प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई पिएका थिए। बाटोमै मृत्यु भएका तामाङको शव पोष्टमाटमका लागि रुम्जाटार अस्पताल पठाइएको सुनुवारले बताएका छन्।

बिगत नौ बर्षदेखी मछिनो उद्योग चलाउँदै आएका तामाङका दुई छोरा र दुई छोरी छन्। स्मरण रहोस् मछिनोको तेल हातखुट्टा ठोक्किएको र मर्किएको ठाउँमा लगाउन प्रयोग गरिन्छ।

प्रकाशित : शनिबार, साउन १८, २०७६१३:०३

ज्ञानेन्द्रको त्यो गल्ती, जसले अन्तत राजतन्त्र समाप्त नै भयो !