एजेन्सी,
संसारमा अनगिन्ती प्रकारका जीवजन्तु पाइन्छन् । केही त हाम्रै वरिपरि हुन्छन् । र, हामीले देखे–सुनेका जीव पनि हुन्छन् । केही भने, हामीले कहिल्यै सुन्दै नसुनेका र देख्दै नदेखका जीव पनि हुन्छन् ।
हेर्नुस् विश्वका केही अनौठा तथा दुर्लभ जीवहरू :
(१) ओलमी

प्रायः युरोपमा पाइने यस जीवको पानी प्रदूषण भएका कारण अस्तित्व संकटमा पर्दै गइरहेको छ । यो जीव अँध्यारोमा बस्ने भएकाले आँखा साना हुने तर सुन्ने र सुँघ्ने क्षमता अधिक हुने हुन्छ ।
(२) हुँडेल सिल

उत्तर एटलान्टिकमा पाइने यो जीवको धेरै सिकार भएका कारण अहिले लोप हुने अवस्थामा छ ।
(३) दाह्री भएको गीद्ध

एसिया र युरोप क्षेत्रको हिमाली भेगमा पाइने यो जीवले प्रायः भेडाका बच्चाको सिकार गर्ने गर्छ ।
(४) एक्जोलोटस

यो मध्यअमेरिकाका पोखरीमा पाइने एकदम सानो जीव हो । सन् २०१३ देखि यो जीव एउटा पनि भेटिएको छैन ।
(५) काकापो

यो विश्वको सबैभन्दा मोटो सुगा हो । र, यो सुगा प्रायः न्युजील्यान्डमा पाइन्छ ।

