यसकारण आफुभन्दा २० वर्ष कान्छी अभिनेत्रीसँग जोडिएको थियो सनी देओलको नाम!

अभिनेता तथा निर्देशक सनी देओलले लोकसभा चुनाव २०१९  मेमा  सनी देओलले ठुलै जित हासिल गरेका थिए  । उनले  पंजाबको  गुरदासपुर सीटमा  बीजेपीको टिकटमा चुनाव लडेका थिए । पहिलो पटक चुनाव लडेका सनीले  जित हासिल गर्न सफल भएका थिए । सनी देओलले  गुरदासपुर  क्यामपेनिंगको समयमा आफ्नो फिल्म  ‘गदर’ को केहि डायलग बोलेर जनतालाई प्रसन्न पारेका थिए।

२००१ सालमा आएको  सनी देओलको  यो  फिल्मले  बक्स अफिसमा  निकै हिट भएको थियो । यो  फिल्ममा  सनीको साथ अमीषा पटेल मुख्य नायिकाको रुपमा थिइन्। त्यसैले फिल्मको समयमा  सनी देओल र अमीषा पटेलको  बीच अफेयरको हल्ला चलेको थियो। अमीषाले  एक अन्तर्वार्तामा भनेकी छन् , ‘सनीको साथमा नाम जोड्नु मेरो नाम पर्खालसँग जोड्नु झै हो   ।’ यस पछि अमीषाले बयानमा  सनीको रियाक्सन पनि आएको थियो ।

सनीले एक अन्तर्वार्तामा भनेका छन् , ‘ के साच्चै  अमीषाले मेरो बारेमा यस्तो भनिन । नभए  अमीषाको  साथमा मेरो नाम जोड्नु ,आइसक्रीमको साथमा जोड्नु झै हो।   साच्चै भन्दा अमीषा धेरै राम्री र ट्यालेन्टेड केटि हो ।  हामी दुइ बीच त्यस्तो केहि छैन।  ‘पूजा एक उत्कृष्ट  श्रीमती हो।  उ मेरो कामलाई लिएर समझदार छे।  मेरो नराम्रो दिनमा उ नै मेरो तागत बन्छे।  हामी  २० वर्षदेखि साथमा छौँ।  हाम्रो  सम्बन्ध धेरै राम्रो छ।’ यो अन्तर्वार्ता  २००१ को हो।

प्रकाशित : शनिबार, साउन १८, २०७६१३:५५

विवाह पछि आमा बन्न सकेनन् बलिउडका यी ६ सुपरहिट अभिनेत्री, एक त ३ पटक विवाह गर्दा पनि नि:सन्तान