आज साउन १९ गते आइतबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज तपाई सांसारिक र भौतिक विषय देखि टाढा रहेर धार्मिक कार्यमा व्यस्त हुनुहुने देखिन्छ। आध्यात्मिक सिद्धि प्राप्त हुनाले मानसिक रुपमा सुख मिल्न सक्ला। तर आज तपाईले शत्रु देखि भने सावधान रहनु पर्नेछ। नसोचेको ठाउँबाट आज आकस्मिक धनलाभ हुन सक्ला। आज नयाँ कार्य थालनीको लागि पनि दिन उचित हुने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिवारजन साथै मन मिल्नेहरूसंग आज तपाईको यात्रा हुन सक्ने देखिन्छ। आजको दिनमा तपाईको खर्च अत्याधिक हुने भएता पनि मानसिक रुपमा पनि शान्ति मिल्न सक्ला। व्यापारीगणहरुको लागि पनि आजको दिन शुभ देखिन्छ। मध्यान्न पछि आकस्मिक धनलाभ मिल्न सक्ला। सामाजिक क्षेत्रमा पनि आज सफलता मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आजको दिन तपाईको धेरै शुभफलदायी बित्ने देखिन्छ। आज हरेक कार्यमा सफलता मिल्ने मात्र नभई सम्पूर्णबाट सहयोग प्राप्त हुनेछ। शत्रुहरुबाट समेत आज सहयोग हुन सक्ला। धेरै समय देखि अड्किएको कार्य शुरु हुन सक्ला भने उठ्नु पर्ने रकम पनि उठ्नेछ। तर आज तपाईले व्यर्थ उग्रतालाई पनि नियन्त्रणमा राख्नु होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आज कुनै पनि कार्य गर्नु भन्दा अगाडी परिवारमा सलाह गर्नु होला। सावधानी अपनाउँदा ठूला समस्या टार्न सकिनेछ। मानसिक रुपमा आज चिन्ता बढ्न सक्ला। खान-पानमा हुने लापरवाहीको कारण धेरै समस्या आइलाग्नेछ। आज तपाई आफ्नो निजी समस्याको कारण व्यवसायमा ध्यान दिनसक्नु हुनेछैन। यात्रा सुखद नहुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

आज तपाईको परिवारमा कलह बढ्ने देखिन्छ। शारीरिक मात्र नभई मानसिक स्वास्थ्यको कारण आज तपाईको दैनिकी प्रभावित हुन सक्ला। नकारात्मक विचार र व्यवहारको कारण तपाईको सम्मान घट्ने देखिन्छ। आज तपाई सामाजिक रुपमा असफल हुनुहुने देखिन्छ। आज तपाईको व्यवसायमा सरकारी साथै कानुनी समस्या आइलाग्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आज तपाई कुनै पनि कार्य गर्नु भन्दा अगाडीनै संयम रहनु भएको उचित हुनेछ। परिवारसँग टाढा हुने भन्दा पनि हरेक विषयमा सल्लाह गर्नु बुद्धिमानी सावित हुन सक्ला। भावनात्मक सम्बन्धको मामलामा सावधान रहनु होला। मानसिक रुपमा आज बलियो भएर निर्णय लिनु पर्ने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आज तपाई कुनै पनि निर्णय गर्न सक्षम हुनुहुने देखिंदैन। सकेसम्म आज कुनै पनि आर्थिक मामलामा नफस्नु भएकै उचित हुने देखिन्छ। आफ्नो व्यवहारमा पनि नियन्त्रण राख्नु होला। निर्धारित कार्य समयमा सम्पन्न गर्न तपाईले अथक प्रयास गर्नुपर्नेछ। बोलिको पक्का नभैंदा तिरस्कारको सामना गर्नु पर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आजको दिन तपाईको सामान्य रुपले बित्ने देखिन्छ। आज मन देखिनै तपाई प्रसन्न महसुस गर्नुहुनेछ। साथीहरु, स्नेहीजनहरुबाट उचित साथ मात्र नभई सहयोग मिल्नेछ। आत्मीय साथीहरुसँगको भेटले उत्साह जगाउने देखिन्छ। विदेशबाट शुभ समाचार र उपहार प्राप्त हुन सक्ला। आजको दिनमा आर्थिक रुपमा पनि उल्लेख्य लाभ मिल्ने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

आज दिनभरी तपाईलाई दुख मात्रै मिल्न सक्ला। यात्राको सम्भावना रहने भएता पनि सवारी देखि भने तपाई आज सावधान रहनु पर्ला। आफ्नो बोलिको कारण लज्जित हुनुपर्ने अवस्थाको सामना हुनेछ। अकस्मात हुने खर्चको कारण आर्थिक समस्या पैदा हुन सक्ला। शारीरिक स्वास्थ्य बिग्रिन सक्ला। आज तपाईले कुनै पनि सामाजिक कार्यमा भाग नलिनु होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सामाजिक क्षेत्र, व्यापार तथा अन्य क्षेत्रमा आज धेरै लाभ मिल्नेछ। प्रेम जीवनमा पनि आज तपाईलाई सुखै-सुख मिल्न सक्ला। प्रवास-पर्यटन पनि रहन एस् सक्ने आजको दिनमा तपाई मनोरन्जनमा व्यस्त हुनुहुने देखिन्छ। आज तपाईको घरमा शुभ कार्यको आयोजना हुन सक्ला। परिवारबाट आर्थिक सहयोग मिल्न सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शत्रुहरू किनारा लाग्नेछन् भने आज प्रतिस्पर्धामा विजयी हुने योग देखिन्छ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। धनप्राप्तिको राम्रो योग देखिन्छ भने आज तपाईलाई स्वास्थ्यले पनि साथ दिन सक्ला। उच्चाधिकारिहरु तपाईको काम देखेर प्रसन्न हुनेछन्। सजिलै सफलता मिल्नाले मानसिकरुपमा सुख मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आज तपाईलाई स्वास्थ्यले मात्र नभई भाग्यले पनि साथ नदिने देखिन्छ। अस्वस्थताको कारण तपाइको दैनिकीनै प्रभावित हुनेछ। आवश्यक निर्णय लिने समयमा आफू भन्दा अग्रजहरुको सहयोग लिनु होला। नकारात्मकताको कारण लज्जित हुनुपर्ने अवस्था आउन सक्ला। परिवारको विषयमा खर्च मात्र नभई चिन्ता पनि बढ्न सक्ला।

प्रकाशित : शनिबार, साउन १८, २०७६१४:१७

भोलि साउन १९ गते आइतबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !