नेपाली सेनामा ठूलो संख्यामा दरखास्त आह्वान, ८ कक्षा मात्रै पढेकाले पनि जागिर पाउने [सूचना सहित]

काठमाडौँ – नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै ठूलो सङ्ख्यामा दरखास्त आह्वान गरेको हो।

नेपाली सेनाले भर्ना खुलाएको पदहरुमा सैन्य, सैन्य मेडिकल सैन्य सिम्नल सैन्य डाईभर, तथा विभिन्न टेडका फ्रलोवर्स लगायत छन्।

“नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरू खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका ईच्छुक नेपालीनागरिक स्वयम्‌ उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू१०।- को टिकट टांसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।”, सेनाले सार्वजनिक गरिएको सूचनामा भनिएको छ।

न्यूनतम ८ कक्षा पास गरेकाहरूले समेत विभिन्न पदहरुमा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।


*****

प्रकाशित : आइतबार, साउन १९, २०७६०३:३८

जंगली जनावर धपाउन हानेको गोली तपेशको टाउको मै लाग्यो