लामखुट्टे नमारौं, उनीहरुले आफ्नो सन्तान पाल्न पाउनुपर्छ भन्छन् यी व्यक्ति !

एजेन्सी – एक जनावर-अधिकारकर्मी अभियन्ताले लामखुट्टेलाई नमारी रगत चुस्न दिइनु पर्ने माग गरेका छन्।

फ्रान्सेली टिभीका प्रस्तोता समेत रहेका ऐमेरिक क्यारोन(Aymeric Caron)ले अण्डालाई प्रोटिन प्रदान गर्न लामखुट्टेले रगत चुस्ने गरेको उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन्।

“आफ्नो सन्तानको लालन-पोषणको लागि एक आमाले मानिसको रगत चुस्नु गलत हो ? लामखुट्टेलाई लालन-पोषणको लागि मानव रगत पाउनु पर्छ।”, प्रश्न गर्दै उनले भनेका छन्।

एन्टी स्प्यासिस्ट भनेर आफूलाई चिनाउन चाहने ऐमेरिकका अनुसार अफ्रीका बाहेक अन्य ठाउँमा लामखुट्टेलाई स्वतन्त्रता दिइनु पर्छ। अफ्रीकामा मलेरियाको उच्च जोखिम रहेको हुँदा अफ्रीकामा यस्तो गर्न नसकिएता पनि अन्य क्षेत्रमा भने यस्तो गर्न सकिने उनको दावी छ।

एक भिडियोमा उनले भनेका छन्,”हामी मानवले समय-समयमा लामखुट्टेहरुको लागि रक्तदान गर्नु पर्छ। र यस्तो कुरालाई नौटंकी र नाटक सोच्नु हुँदैन।”

लामखुट्टे मन नपराउनेहरुले पनि लामखुट्टे भगाउने तरिका अपनाउनु पर्ने उनको तर्क छ। लामखुट्टे मार्नु भन्दा पनि भगाउनु पर्ने उनी बताउँछन्।

यस्तै लामखुट्टेलाई आफूले आरामसँग टोक्न दिने गरेको समेत ऐमेरिकले दावी गरेका छन्।

प्रकाशित : आइतबार, साउन १९, २०७६०५:१४

बाढीले नहर बगाउँदा विद्युत् अवरुद्ध