श्रीदेवीले यस फिल्ममा निभाएको जस्तै भूमिका निभाउन चाहन्छिन करिना…

बलिउड जगतमा आफ्नो अभिनयले पहिचान बनाएकी अभिनेत्री श्रीदेवीले यस दुनिया छोडेर गए पनि उनको अभिनयको अहिले पनि मान्छेहरु प्रसंशा गर्छन्। यहाँसम्म कि फिल्मी दुनियामा उनलाई नचाहने कोहि पनि छैन। करीना कपूर पनि श्रीदेवीदेखि सानैबाट  प्रभावित थिइन्। हालै उनले श्रीदेवीले निभाएको एक भूमिकालाई निभाउन चाहेको बताएकी थिइन्।

टिभी  रियालिटी शो ‘डांस इंडिया डांस’ को एक  एपिसोडमा करीना कपूरले आफु  फिल्म ‘चालबाज’ मा निभाएको श्रीदेवीको  डबल रोललाई गर्न चाहने बताएकी थिइन्।

उनले यो पनि बताइन् कि उनले अहिलेसम्म ३५ पटक यो फिल्म हेरेकी छन्। यसको बारेमा कुरा गर्दै करीनाले भनिन् , ‘म सधैँ यस्तो फिल्ममा काम गर्न चाहन्छु  ‘सीता और गीता’ वा  ‘चालबाज’  जस्तै  डबल रोल गर्न सकू।  मलाई अहिलेसम्म  यस्तो डबल रोलको अफर आएको छैन । ‘

उनी  अक्षय कुमारको अपोजिटमा  फिल्म ‘गुड न्यूज’ मा काम गरिरहेकी छन्, जुनमा  कियारा आडवाणी र दिलजीत दोसांझ पनि मूख्य भूमिका छन् । उनी इरफान खानसँग  फिल्म ‘अंग्रेजी मीडियम’ मा पनि काम गरिरहेकी छन्। साथै  करीना कपूरलाई  करण जौहरको  मल्टी-स्टारर फिल्म ‘तख्त’ मा पनि एक  महत्वपूर्ण रोल अफर गरिएको छ।

प्रकाशित : आइतबार, साउन १९, २०७६०५:१८

यी अभिनेताले गरेका थिए ४ जनासंग विवाह, एकको निधन, जान्नुहोस कहाँ छन् अरु श्रीमतीहरु?