महिलाले कुकुरलाई चुम्बन गर्दा र्यालबाट सर्यो यस्तो रोग, काट्नु पर्यो दुवै हात र खुट्टा ! [भिडियो]

एजेन्सी – कुकुर मानवीय सभ्यताको शुरुवात देखि नै हामी मानवहरुको साथि बन्दै आएको छ। अहिले पनि अधिकांश मानिसहरु कुकुर पाल्ने शौख राख्छन्।

यस्तै शौखको कारण अमेरिकाकी एक महिलाले पनि जर्मन शेफर्ड पालेकी थिइन्। तर त्यहि कुकुर पालेको कारण नै उनले आफ्नो दुवै हात-खुट्टा गुमाइन्।

खासमा, अमेरिकामा मेरी नाम गरेकी एक कुकुर प्रशिक्षक पतिसँग ट्रपिकल जंगलमा छुट्टि मनाउन गएकी थिइन्। जंगलमै हुँदा उनी एक्कसी बेहोस भइन्। श्रीमतीलाई बचाउन पति मैथ्यूले आपतकालीन मद्दतको सहयोगमा मेरीलाई अस्पताल पुर्याए।

अस्पतालको आईसीयूमा राखेर उनको ९ दिन सम्म उपचार गरियो। बेहोस भएको ९ दिन पछि जब महिला होशमा आइन् तब उनले आफ्नो हात-खुट्टा केहि पनि थिएनन्।

बेहोस अवस्थामा अस्पताल ल्याइएकी मेरीलाई बचाउन डाक्टरहरुले कुल आठ अप्रेशन गरेका थिए। साथै डाक्टरहरुले उनको दुवै हात-खुट्टा काट्न समेत बाध्य भएका थिए।

डाक्टरहरूका अनुसार महिलालाई एक दुर्लभ रोग लागेको थियो। बेहोस अवस्थामा ल्याइएकी महिलाको अवस्था नाजुक थियो। उनको शरीरको रङ्ग समय-समयमा परिवर्तन भैरहेको थियो। अथक प्रयास पछि मात्र महिलालाई लागेको रोग पत्ता लागेको र उपचार सम्भव भएको डाक्टरहरु बताउँछन्।

महिलालाई कुकुरबाट कैपनोसाइटोफैगा कैनीमोरस नामक जीवाणु सरेको र संक्रमण भएको डाक्टरहरुले बताएका छन्। कुकुरलाई चुम्बन गरेको कारण उनलाई यस संक्रमण सरेको डाक्टरहरुको दावी छ।

मीडिया रिपोर्ट्सका अनुसार मेरीको उपचारमा लगभग २० लाख भन्दा बढी रकम खर्च भएको थियो।

प्रकाशित : आइतबार, साउन १९, २०७६०६:३८

यी आविष्कारहरुले कसो आइन्स्टाइनलाई पनि पछि पारेनन्, हेर्नुहोस् हाँसो लाग्ने भारतीय आविष्कार !