सार्वजनिक शौचालयको एक कोठामा बाख्रा र कुखुरा पालन, अर्कोमा किराना पसल !

;fj{hlgs zf}rfnodf JolQmsf] k;n 8f]6Lsf] lbkfon l;nu9L gu/kflnsf $ lkkNnf ahf/df pBf]u afl0Ho ;+3n] lgdf{0f u/]sf] ;fj{hlgs zf}rfnondf ls/fgf k;n . lbkfonsL dlxnfn] ls/fgf k;n /fv]kl5 a6'jfx?nfO{ zf}rfnohfg ;d:of k/]sf] :yfgLon] u'gf;f] ub{} cfPsf 5g . t:jL/ M ljdnaxfb'/ lji6

काठमाडौँ – दिपायल सिलगढी नगरपालिका– ४ पिपल्लामा निर्माण गरिएको सार्वजनिक शौचालयमा एक स्थानीय महिलाले एक महिलाले किराना पसल संचालन गरेकी छन्।

उचित व्यवस्थापन हुन नसकेर प्रयोगमा आउन नसकेको शौचालयमा स्थानीय खन्टी केसीले किराना पसल संचालन गरेकी हुन्। शौचालयमा खन्टीले एक कोठामा खन्टी केसीले बाख्रा र कुखुरा पालन गरेकी छन् भने अर्कोमा किराना पसल।

विसं २०७४ सालमा आम नागरिकको सुविधाको लागि डोटी उद्योग वाणिज्य संघको पहलमा शौचालय निर्माण गरिएको थियो। वाणिज्य संघ र सुदूरपश्चिम खानेपानीको कार्यालयको सहयोगमा ६ लाखभन्दा बढी रकम खर्च गरेर शौचालय निर्माण गरिएको हो।

खन्टीले सार्वजनिक शौचालयमा किराना पसल संचालन गरेको वर्ष दिन भन्दा बढी भैसकेको स्थानीयहरुले बताएका छन्। सार्वजनिक शौचालयमा पसल राखिदिएको कारण संचालनमा ल्याउन गार्हो भएको स्थानीयहरुको भनाइ छ।

प्रकाशित : आइतबार, साउन १९, २०७६०७:१३

नेपालमै डल्फिन : अवलोकन गर्न आउने पर्यटकको घुइँचो !