“संघीयताले वरदान नभई अभिषाप सावित भैसक्यो, अब राजसंस्था फर्केपनि कसैलाई आपत्ति हुँदैन”

काठमाडौँ – संविधानविद् डा. भीमार्जुन आचार्यले संघीयता नेपालको लागि वरदान नभई अभिषाप भएको दावी गरेका छन्।

एक निजी टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आचार्यले नेपालमा संघीयता वरदान नभएर अभिषाप भएको टिप्पणी गर्दै संघीय व्यवस्थालाई नेपालबाट चाँडो विदा गर्नु पर्ने तर्क गरेका हुन्।

“यो मुलुकको लागि संघीयता अभिषाप हो । पहिलो कुरा संघीय राज्यको यहाँले आजसम्मको तथ्यांक हेर्नुभयो भने दुनियाँमा २ सय वटा भन्दा बढि देशहरु छन् । त्यो मध्ये केवल २६ देशमा संघीय राज्य व्यवस्था छ । र, ती २६ वटा संघात्मक राज्यमध्ये एकात्मकबाट संघीय राज्यमा गएका देशहरु नेपालभन्दा पहिले केवल चार वटा मात्रै हो ।”,विश्वका २ सय भन्दा बढी देशहरु रहेकोमा संघीयता मात्रै २६ देशमा रहेको उल्लेख गर्दै उनले भने,”सुडान, नाईजेरिया, ईथोपिया, बेल्जियम हुन । र, नेपालसहित पाँच वटा देश हुन् । जुन देश एकात्मकबाट संघात्मकमा गए यो यति अप्राकृतिक भयो पनि यो भन्दा अर्को अप्राकृतिक दुनियाँमा केही पनि छैन् ।”

संघीयताले देशलाई कुनै पनि फाइदा नपुर्याएको हुँदा विष सावित भएको अन्तर्वार्तामा आचार्यले बताए। विश्व बैंकबाट ऋण ल्याएर, गरिब जनताले तिरेको करबाट तलब-भत्ता भुवाउनु पर्ने अवस्था भएको हुँदा र संघात्मक व्यस्थाबाट नेपाली जनताको जीवन स्तर माथि गयो भन्न सकिने अवस्था नभएको कारण संघीयता नेपालमा असफल भैरहेको उनको तर्क छ।

संघात्मक राज्य व्यवस्था र समावेशिताबीच ७ जन्मको पनि अन्तरसम्बन्ध नरहेको आचार्यले दावी पनि गरेका छन्। संघीयता लागू भएपछि देशमा भएको जति भ्रष्टाचार पहिला कहिले पनि नभएको उनले बताए।

संघीयता वरदान नभएर अभिषाप सावित भैसकेको हुँदा अब देशमा राजसंस्था फर्केपनि कसैलाई आपत्ति नहुने संकेत गरेका पनि गरेका छन्।

प्रकाशित : आइतबार, साउन १९, २०७६०७:५६

प्रेम असफल भएपछि सडकमा पुगे नायब सुब्बा…