साँगा आउँदै गरेको मोटरसाइकललाई स्कर्पियोले ठक्कर दियो…

सांकेतिक तस्बिर

काठमाडौँ – अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आइतबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा बा ५७प ९४६९ नम्बरको मोटरसाइकल चालक बनेपा नपा–१२ कोटथुम्काका २१ वर्षीय रविन थापाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा १०ः३५ बजे मृत्यु भएको बनेपा प्रहरीले जनाएको छ ।

बा १७च ८११२ नम्बरको स्कर्पियोले बिहान १० बजे उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार बनेपा नपा–१२ कोटथुम्काका २६ वर्षीय सविन थापाको उपचार भइरहेको छ ।

घटनापछि स्कर्पियो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आइतबार, साउन १९, २०७६०९:०८

विदेश जाने खर्च जुटाउन काठमाडौँ आएका दाजुभाइ लास बनेर गाउँ फर्किए, एउटै चितामा अन्त्येष्टी !